
देवाहीगोनाहीको नगरप्रमुख प्रेमलाल साह कानुले नगर अस्पतालको नाममा गरिरहेको अनिमीयत्ता,बिजुलीबती जड़ान र माटो ग्रिवेल लगाएत बिधालय जस्तो ठाउँबाट लाखौ रुपियाको घोटाला गरिसकेको र हाल यि कामहरुकै नाममा बाकी रहेको रकम र आफ्नो घरायसी प्रयोजनमा भएको लाखौ रुपियाको खर्च नगरपालिकाकै खातामा जोडी चेक काट्न प्रमुख प्रशासकिय अधिकृत सिकिन्द्र साहलाई बारम्बार दबाब दिएपनि उक्त चेक काट्न नमानेपछी माधव नेपालको बिशेस पहलमा आज नया हाकिम को रुपमा शम्भु यादव हाजिर हुन आएपछी स्थानिय आक्रोश भएका हुन।
नगरअस्पतालमा अनिमीयतता नभई त्यसको सहि व्यवस्थापन होस र हालसम्म बिकासको नाममा मेयरले गरेको भ्रष्टाचार बारे आम जनताले जवाफ पाउदैन तबसम्म नया हाकिमले कुनै पनि चेक नकाट्ने भनी जनताको पक्षबाट मेयर बिरुद्ध यहाकी उपमेयर परनिया देवी पटेलले ठुलो संख्यामा उपस्थित प्रहरी प्रशासन समेतलाई केन्द्रीत गरी चर्को बिरोध सहित कार्यालय मा गर्जिएका हुन।
























