
रौतहट मा धारिलो हतियार प्रयोग गरि एकपुरूषको हत्या भएको छ । जिल्लाको देवाहीगाेनाही नगरपालिका-६ कर्कच कर्मैया बस्ने ब्रहमदेव साह कानुको छोरा अन्दाजी ३५ वर्षीय जगरनाथ साह कानुको धारिलो हतियार प्रयाेग भई हत्या भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय देवाही गाेनाहीका प्रहरी निरिक्षक गाेबिन्द साहले दिएको जानकारी अनुसार साह शुक्रबार बिहान घरमै हत्या गरिएको अवस्थामा भेटिएको जानकारी दिए । साहको हत्या कसले र किन गर्याे ? यसबारे खुल्न नसकेको प्रहरीले जनाएको छ ।
- घटनाबारे अनुसन्धान भइरहेको प्रहरीकाे भनाइ छ । घटना स्थलमा प्रहरी टाेली देवाहिगाेनाही नगरपालिकाका नगरप्रमुख प्रेमलाल साहकाे टाेली पुगि घटनाबारे जाँच बुझ गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
1

























