

#गौर_हत्याकाण्डका_अपराधीलाई_कारबाहीको_माग_सहित_विशाल_प्रदर्शन
#श्रावण_१५_गते_देखि_रौतहट_अनिश्चितकालीन_बन्द_हुने
गौर हत्याकाण्डका पीड़ितलाई न्याय दिलाउन आज रौतहट जिल्लाको सदरमुकाम गौरमा विशाल प्रदर्शन भएको छ । हज़ारौंका संख्यामा रहेका प्रदर्शनकारीहरूले हत्याकाण्डका नाइके उपेन्द्र यादवको गिरफ्तारीको माग गर्दै नगर परिक्रमा सहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाए । गौर हत्याकांड पीड़ित संघर्ष समितिद्वारा बुझाइएको ज्ञापन पत्रमा संघर्षका विभिन्न कार्यक्रम सहित श्रावण १५ गते देखि अनिश्चितकाल रौतहट बन्द गर्ने घोषणा गरेका छन् ।
२०६३ चैत्र ७ गते उपेन्द्र यादव नेतृत्वको तत्कालीन पार्टी मधेशी जनअधिकार फोरमका कार्यकर्ताहरूले २८ जना निर्दोष माओवादी कार्यकर्ताको निर्मम हत्या गरेका थिए । उक्त हत्याकाण्डका पीड़ितहरूले जाहेरी दर्ता गराएको ढेड दशक भन्दा बढी हुन लाग्दा समेत प्रहरी प्रशासनले राजनीतिक शक्तिको आडमा मुद्दालाई ओझलमा पारेको भन्दै पीड़ितहरू थप आक्रोशित बनेका हुन् ।
























