
राैतहटमा पर्यावरणलाई जगेर्ना गर्ने पवित्र उदेश्यले बरहवा ताल किनारमा नेपाली सेना द्वारा वृक्षारोपण
साउन ०५ गते
प्रेमचन्द्र झा
राैतहट ।नेपाली सेना विरदल गण राैतहटले पर्यावरण लाई जगेर्ना गर्ने पवित्र उदेश्यका साथ गाैर स्थित बरहवा तालको किनारमा वृक्षारोपण गरेका छन ।
सो वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि राैतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले पर्यावरण जोगाउन सके मात्र स्वस्थ्य जिवनको कल्पना गर्न सकिन्छ भनेका हुन ।
विरदल गणको नेतृत्वमा डिभिजन वन चन्द्रनिगाहपुर ,अक्सफाम नेपाल र ग्रामिण विकास केन्द्र राैतहटको सहकार्यमा विभिन्न जातका ५ सय बिरुवाको राेपण गरिएको हो ।
वृक्षारोपणले पर्यावरण जगेर्ना गर्नुको साथै वरहवा तालको साैन्दर्यमा थप बढने अपेक्षा गरिएको बिरदल गणका गणपति गंगा बहादुर विष्टले बताए ।
सो अवसरमा नेपाल प्रहरीका प्रहरी उपरीक्षक वीर बहादुर बुढा मगर, सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक सुर्य बहादुर तिमल्सिना सहितका सुरक्षा अधिकारीकाे सहभागीता रहेकाे थियाे ।


























