

#मौलापुर_बिधुतकेन्द्र_का_क्रमचारिको_लपरवाहि।
रौतहट, ११ साउन ।नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रमा तालाबन्दी गरिएको छ। मौलापुर नगरपालिका वडा नम्बर ३ गम्हरियाका स्थानीयहरुले तालाबन्दी गरेको हो।
गम्हरिया टोलमा बिहानै एक पोलमा आगो लाग्दा विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रको प्रमुख देखि सम्बन्धित कर्मचारीहरुलाई समेत फोन गर्दा फोन नउठेपछि प्राधिकरणमा तालाबन्दी गरेको छन्।
बिहानै करिब ७ बजे पोलमा आगो लागेर तार खस्दा धनजनको क्षति हुनबाट जोगियो तर प्राधिकरणको कर्मचारीहरुले कुनै प्रतिक्रिया नदिए पछि स्थानीयहरुले आक्रोशित भएर तालाबन्दी गरेका छन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
1























