

माधवनरायण नगरपालिकामा १ दिने समिक्षा तथा प्रगति प्रस्तुतिकरण कार्यक्रम सम्पन्न ।
रूपेश यादव , राैतहट
साउन २१ गते आईतवार
राैतहट जिल्लाकाे माधवनरायण नगरपालिकामा समिक्षा तथा प्रगति प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमकाे प्रमुख अतिथि माधव नरायण नगरपालिका का मेयर बैजनाथ प्रसाद यादव (बैजु) रहेका थिए।
World Vision international Nepal र ग्रामीण बिकास केन्द्र नेपाल रौतहटको साझेदारी तथा माधबनारायण न.पा को समन्वयमा संचालित Gift Catalogue project २०२३ को clGtd समिक्षा तथा ;dfkg कार्यक्रम आज माधबनारायण नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ ।
कार्यक्रम काे संचालन ग्रामीण बिकास केन्द्र नेपालका कार्यक्रम प्रबन्धक सन्तोष पहाडीले Gift Catalogue project ले हासिल गरेको उपलब्धि, लाभान्वित जनसंख्या र सिकाइ बारे प्रस्तुतीकरण गर्नुभएको थियो. कार्यक्रम प्रबन्धक पहारीले Gift Catalogue project FY २०२३ बाट माधबनारायण न.पा का २० जना अपाङ्गता भएका बालबालिका र २४ जना अपाङ्गता भएका बयस्क व्यक्तिहरु प्रतक्ष्य लाभान्वित भएको जानकारी दिनुभयो . कार्यक्रममा बोल्दै ग्रामीण बिकास केन्द्र नेपाल रौतहटका अध्यक्ष पारस हुसेनले RDC Nepal ले बिगत लामो समय देखि बिपन्न, गरिब, अपाङ्गता भएका, अल्पसंख्यक र पछाडि पारिएका जनसमुदायको हकहित र कल्याणकारी काम गर्दै आएको बताउदै आगामी बर्स देखि माधवनारायण नगरपालिकामा थप जीविकोपार्जन सम्बन्धि कार्यक्रम संचालन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो र समापन सत्रमा बोल्दै माधबनारायण नगरपालिका नगरप्रमुख बैजनाथ प्रसाद यादवले, समाज बिकास र लोक कल्याणकारी कार्यमा ग्रामीण बिकास केन्द्र नेपालले पुराएको योगदान को प्रसंसा गर्दै, संस्थाले संचालन गर्ने हरेक गतिविधिमा पालिकाको पूर्ण साथ सहयोग रहने जिकिर गर्नुभएको थियो।
कार्यक्रममा माधबनारायण नगपालिकाकाकि उप-प्रमुख,निर्मला देवि रमण, ग्रामिण बिकाश केन्द्र कि काेषाध्यक्ष ममता झा, cflg बिनाेद कुमार दास , बिषयगत शाखा प्रमुखहरु, वडा अध्यक्षहरु, ग्रामीण बिकास केन्द्र नेपाल रौतहटका कार्यकारी समिति, कर्मचारी, पत्रकार स्वास्थ्यकर्मी लगायतका ब्यक्तिहरूकाे उपस्थिति रहेको थिए
























