रूपेश कुमार यादव
राैतहट, भदौ ७ गते

प्रहरी निरिक्षक साहको बिदाई पछि निजको सट्टामा ईलाका प्रहरी कार्यालय झापाको गाैरीगंजबाट सरुवा भई आएका प्रहरी निरिक्षक बिजय कार्कीले आज देखि जिम्मेवारी सम्हालेका छन ।

आज प्रहरी निरिक्षक साहले परिचात्म कार्यक्रमकाे आयाेजना बाेलाईएकाे थियाे।
जिम्मेवारी सम्हाल्दै पत्रकार संग संक्षिप्त कुरा गर्दै प्रहरी निरिक्षक कार्कीले आफु आए संगै समाजमा शान्ति सुरक्षा कायम राख्न र अपराधिक घटना हुन नदिन २४ औ घण्टा सुरक्षा ब्यवस्थामा कडा पारिने वहाले बताउनु भयो ।

कार्कीले समाजमा शान्ति स्थापना कायम गर्नको निमित राजनितिक दलहरुले पनि सहयोग गर्नु पर्ने बिश्वास ब्यक्त राजनिती दलहरूकाे भनाइ रहेको थियाे।
साे कार्यक्रममा उपस्थित सबै जनाले एक अर्काकाे आफ्नो आफ्नो स्थानबाट आ- आफ्ना परिचय सहित मन्तब्य राखेका थियो ।

साे ठाउँमा कति प्रहरी निरिक्षक आए पनि यस्ता कार्यक्रम नगरेको र प्रहरी निरिक्षक कार्कीले आउदा परिचात्मक कार्यक्रम राखेको संगै सहभागीहरूले प्रहरी निरिक्षक साह लाई धन्यवाद ज्ञापन समेत गरे।

साे कार्यक्रममा वडा अध्यक्षहरू, राजनितीकर्मिहरू, पार्टीको प्रतिनिधिहरू , शिक्षकहरू , र पत्रकारहरू काे समेत सहभागीता रहेका थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1