
गुजरामाइ मिडिया
भदौ १४ गते
भारतमा रहेका एक जना झाेले सवास्थकर्मिले दर्ता नै नगरी अस्पताल सञ्चालन गरि रहेको रहस्य खुलेको छ ।
भारत काे बिहार राज्यमा चिरया देखि ५ किलोमिटर अगाडि र माेतिहारी देखि लगभग ७किलोमिटर पछाडि रहेका संतपुर गाँउमा राकेश प्रसाद स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा रहेको छ।
स्वास्थ्य जस्तो संवेदनशील संस्थासमेत यसरी संचालन हुँदा यस्ता डाक्टरलाई भारत प्सरकारले अनुगमन न गर्ने गरेको छ, न सम्बन्धित निकायले नै अनुगमन गर्ने गरेको छ । पहुँचकै भरमा संचालन गरिएको यस्ता झाेले स्वास्थ्यकर्मिले अनुगमनकारी निकायलाई चुनौति दिएका छन् । अनुगमनकर्ताहरु औपचारिक रुपमा ती डाक्टर संचालनबारे अनभिज्ञता व्यक्त गर्छन् तर अनौपचारिक रुपमा पहुँचका भरमा संचालन भईरहेकाे भारत बिहार स्थित सन्तपुरका एक जना सथानिएले हामीलाई जानकारी गराएको हाे । बिहार राज्य स्थित बिहार सरकार जनस्वास्थ्य कार्यालयलाई राकेश स्वास्थ सेवा केन्द्रमा खटिएको डाक्टरकाे बारेमा सायद जानकारी न हुन पनि सक्छ। बुधबारका दिन पत्रकारहरू संग संगक्षिप्त कुरा गर्दै आफुलाई स्वास्थ्य समबन्धि केही जानकारी नरहकाे साहले बताए ता पनि आफ्नो जिवन जिविका यापन गर्नकाे लागि हामी यस्ता कार्य गरेको आफ्नो भनाइ राखनु भयाे।
र जे भए पनि आफू यस्ता क्रियाकलाप बन्द न गर्न साहले बताउँछ । 1 ampul ko खरिद मात्र ५० रुपैयाँ रहेको छ। सुई को लेबुल फारी विभिन्न बिरामी लाई जुन ठाउमा दर्द छ,त्यस् ठाउँमा जथा भावी सुइ दिने गरेको छ ।,प्रत्येक ब्याक्ती संग रुपैया 500 ईन्डियन लिने गरेको छ।
भारतको बिहार राज्य स्थित ढाका, माेतिहारी, घाेडासहन,लगाएत आसपासका ब्यक्तिहरूकाे जीवन संग खेलवाड गरिरहेका छन।
कति बिरामीहरूकाे ज्यान समेत लिई सकेको हाे ।
र कतिकाे हात खुट्टा पनि कटवाईएकाे बुझिएको छ।
यस्ता गतिविधि बन्द गराउन र राेकथाम गर्नका लागि बिहार सरकारकाे ध्यानाकर्षण गराएका छाै।






















