गुजरामाइ मिडिया भादो १६ गते
रौतहट जिल्लामा पर्ने लाल बकैया नदिको समस्या जिउ का तिउ रहेको छ । प्रत्येक वर्ष झै यो वर्ष पनि नदिमा आएको अनियन्त्रित पानी तथा बाढीका कारण स्थानीय बासिन्दा तथा नदि क्षेत्र नजिक खेती गर्ने किसानहरु चिन्तित भएका छन् । नदि नजिक रहेको विभिन्न स्थानमा उखु खेती कटान, बाढीको समस्याबाट बर्षेनी यहाँका बसिन्दा, किसानहरु पीडित बन्दै आएता पनि उक्त समस्यालाई नियन्त्रण गर्न नसक्नुका कारण स्थानीय बासिन्दाहरु खेती गरेको बाली सहित आफ्नो जान समेत जोखिममा रहेको यति बेला सबैमा त्रास भएको अवस्था रहेको देखिन्छ । खासगरी बकैया नदिको नजिक रहेको र्बौधिमाई नगर पालिका , परोहा नगरपालिका, फतुवा विजयपुर, कटहरिया नगरपालिका, देवाही गोनाही नगरपालिका र मौलापुर नगरपालिकाका बासिन्दाहरु चिन्तित भएका छन् । उनीहरुको यो वर्षको पनि बाली नस्ट हुने भएको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ कर्कचका किसान रामगुलाम महतोले बताएका छन् । उनका अनुसार उनी करिब दुई बिघा खेतमा उखु लगाएका छन् तर बाढीले नस्ट गर्छन् भन्ने दर अब देखा परेको बताए । यस्तै सोही गाउँ बासिन्दा बिर्जु साह भन्छन् हामी यो समस्याको सिकार सधै हुने गर्द छम । हाम्रो लागि यो कुनै नौलो विषय होईन । स्थानीय सरकार बेला बेलामा निरक्षर गर्न आउनु हुन्छ तर काम केही गर्नु हुदैनन् उनको गुनासो रहेको छ ।

यस्तै कटहरिया नगरपालिका स्थिति हर्साहा लालबकैया नदिले तिस (३०) बिघा भन्दा बढीको छति गरेका छन। लालबैया नदिको कटानी अहिलेसम्म जारी रहेकोले किशान मौजेलाल राय यादवको २.५ बिगहामा उखु खेति कटानि गरेका किशानहरुले जनाएका छन् ।

सम्बन्धित निकायको उदाशिनताका कारण बाध कटानमा परेको तर अहिलेसम्म मर्मत कार्य नहुँदा यसपाली पनि यस भेगका बासिन्दा सम्भावित हुने क्षतिबाट भयभित बनेका छन ।

यहाँको बकैया नदिले कटहरिया नगरपालिकाको तीनवटा वडा गतबर्ष पनि उखु कटान र बाढीबाट प्रभावित भएका थिए । सो समस्यालाई ध्यानमा राखी उक्त गाउ सुरक्षित राख्न ठोस उपाय निकाल्न नसक्दा सर्वसाधारण किसानहरुमा चिन्ता हुनु स्वभाविकै रहेको देखिन्छ ।

हाम्रो देश कृषि प्रधान देश भनेर चिनिने भएता पनि किसानका लागि केही भएको छैन । किसानहरु धेरै मेहनत गरे पछि सामान्य किसानहरुले आ अफ्नो जीवन चलाउन उखु जिवनसहित अन्य किसिम खेती गर्छ लाल बकैया नदिले जग्गा समेत कटान गरेको हो । किशानहरुले आ-अफ्नो जीवन चलाउन तथा उहाँकै जग्गा लालबैया नदिमा गएयो किशानहरु दु:खी बनेका देखिन्छ । स्थानीय सरकारले सो समस्यालाई गम्भीरता पुर्न न लिएका कारण सो समस्या प्रत्येक वर्ष हुने गरेको किसानहरुको आरोप रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0