
रूपेश कुमार यादव
मंसिर ५ गते।
रौतहट जिल्लाको उतरी र पश्चिम भेगमा रहेको फतुवा- विजयपुर नगरपालिका अन्तर्गत पर्ने वडा न.११ हिमालिवास बाट उत्तर पट्टि रहेको श्री सहिद बजार समिति द्वारा आज देखि मेला शुरु भएको छ।
श्री सहिद बजार समिति भैसही बजार द्वारा शुरु गरिएको हाे।
प्रमुखका रूपमा अतिथि सिताराम चाैधरी र उक्त मेलाको सभाध्यक्ष राजकिसाेर साह काे अध्यक्षता शुरू गरिएको हाे।
साेमबारका दिन एक कार्यक्रमका बिच मेला लाई उद्घााटन गरिएको हाे।मेलामा सिसि क्यामराकाे निगरानी हुने मेला ब्यवस्थापन समितीले जनाएको छ।मेलामा सुरक्षाका लागी पालाे पालाे गरि स्वयम सेवक परिचालन गरिने मेला व्यवस्थाापन समितिले जनाएको हाे।
मेला साेमबार राती देखि शुक्रबार सम्म लाग्ने मेला समितिले जनाएको छ।
बिशिस्ट अतिथिका रूपमा मेयर प्रत्यासी अजय तिम्लसिना मेला लाग्नु यस भेगका लागि उत्पादन भएका बस्तुहरुलाई बजार सम्म ल्याई बिक्रि गर्न सहज हुने बताउनु भयो।मेलामा विभिन्न किसिमका नाच,झुला र झाकी प्रस्तुत हुने जनाईएको छ।
कार्यक्रमको सन्चालन जसपाका युवन नेता बिजय चौधरीले गएनु भएको थियो भने समापन राम किसोर साहले गर्नु भएको थियो।
साे कार्यक्रममा समाजसेवी खजान्ति महताे, सागर कुश्वाहा, लालबाबु पटेल,संताेष रखाल मगर,भुपेन्द्र चाैधरी, पाण्ड किंगरिंग मगर, प्रमाेद यादव,कृषि ज्ञानेन्द्र बारा का लेखा प्रमुख सुरेन्द्र चाैधरी लगाएतका ब्यक्तिहरूकाे उपस्थिति रअेका थियाे।
























