अरमान कुमार उपध्याय २१ गते
रौतहटको बौधीमाइ नगरपालिका-७ बंकुल बजारमा अवस्थित चन्द्रज्योति कान्ति हस्पिटल प्रा लि का मेडिकल डाइरेक्टर डा. अमरेश कुमार यादवले हिजो बुधबारका दिन एउटा बिज्ञपति जारी गर्दै, आफ्नो हस्पिटलको फार्मेसी बाट औषधी नगद किनेमा १०% छुट प्रदान गर्ने निर्णाय गरेको छ । डा.यादवले बिरामीलाई अत्याधुनिक सेवा र सुविधा प्रदान गर्न चन्द्रज्योति कान्ति हस्पिटल सफल हुनुमा अस्पतालका चिकित्सक एवं कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहेको बताए। चन्द्रज्योति कान्ति हस्पिटलका मेडिकल डाइरेक्टर डा.अमरेश कुमार यादवले आफ्ना नगरका जन्ताहरुका लागि सधै यस्ता प्रभावकारी क्रियाकलाप गर्ने प्रतिवदता समेत गरेका छन।
डाक्टर यादवको यो सराहनीय निर्णय बाट त्यहाँका जनताहरु धेरै उत्साहित तथा खुसी महसुस गरेका छ्न।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0