पढाई त बस ज्ञानको लागि मात्र हो, जिन्दगि जिउन त परिस्थिति र भोगाईले सिकाउछ बुढो मान्छे बिगतमा जिउने गर्छत्यसैले ऊ दुखी हुने गर्छ जवान मान्छे भविष्यमा जिउने गर्छ त्यसैले ऊ तनावमा हुने गर्छ । तर एउटा बच्चा सधै बर्तमानमा जिउने गर्छ त्यसैले त ऊ सधै खुशी हुने गर्छ मुल्य पानीको होइन तिर्खाको हुने गर्दछ, मुल्य मृत्युको होइन जीवनको हुने गर्दछ, प्रेम त सबैले गर्छन् दुनियामा तर मुल्य प्रेमको होइन बिश्वासको हुने गर्दछ ।रेसमा दौडिने घोडालाई त यो थाहा हुदैन कि जित के हो भनेर किनकि घोडा त बस उसको मालिकले दिएको दुखले गर्दा दौडिने गर्छ त्यसैले जब जब तपाईलाई जीवनमा दुख आउछ तब तब यो सम्झिनु कि तपाई मालिकले तपाईं लाई जिताउन खोजिरहेको छ ।जित कहिले पनि ठुलो हुदैन किनकि जित भन्दा जित्नेवाला ठुलो हुन्छ, माफी कहिले पनि ठुलो हुदैन किनकि माफी भन्दा माफ गर्नेवाला ठुलो हुन्छ, त्यस्तै सम्बन्ध कहिले पनि ठुलो हुदैन किनकि सम्बन्ध भन्दा सम्बन्ध निभाउने वाला ठुलो हुन्छ ।सायद मान्छेहरु झुठ बोल्ने गर्छन् कि नशाले मान्छेको दुख भुलाई दिने गर्छ किनकि अक्सर मैले देख्ने गरेको छु कि नशा नगरेको मान्छे भन्दा नशा गरेको मान्छे बढी रोएको देख्छु ।
एउटा मान्छेले जिन्दगीलाई सोधेछ कि किन सबैलाई खुसी दिदैनस ? तब जिन्दगीले भनेछ, म सबैलाई खुशी नै दिने गर्छु तर मान्छेको स्वभाव नै यस्तो छ कि एउटाको खुशी अर्कोको लागि दुख भईदिन्छ ।समस्या जतिनै ठुलो भए पनि यस्तो हुने सक्दैन कि त्यसको समाधान न होस् किनकि रात जतिनै अध्याँरो भएपनि सूर्यलाई उदाउनको लागि रोकेर राख्न सक्दैन ।दियो बोल्दैन किनकि उसको प्रकाशले उसको परिचय दिने गर्छ । त्यसैगरी तपाईको पनि शब्दले होइन तपाईको राम्रो कर्मले परिचय दिने गर्छ । यदि जिन्दगीमा खुशी पाउनु छ भने मान्छेले भनेको कुरालाई मनमा लिन छोडीदिनुस् किनकि दुनियामा खोट लगाउनेको कमी छैन ।
मान्छेले घर बदलिन्छ, सम्बन्ध बदलिन्छ, साथीलाई बदलिन्छ तर पनि ऊ किन खुशी हुन सक्दैन ? किनकि सबै बदलेर पनि उसले आफैलाई बदलिन बिर्सन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0