प्रेमचन्द्र झा
पाैष १८ गते
रौतहट।गौर चन्द्रनिगाहपुर सडकको बमनहर पुलचोकमा स्थानीयले चक्का जाम गरेका छन । हुलाकी राजमार्गमा पर्ने बागमती नदिमा बडहबा घाटमा पुल निर्माणकार्य वर्षाै देखि अलपत्र रहेकोेमा आक्रोशित जनता चक्का जाम गरेका हुन । चक्का जामका कारण सर्वसाधारण यात्रु तथा विभिन्न सवारी साधन दिउसो देखि राेकिएर बसेका छन भने कतिपय सवारी साधन वैकल्पिक मार्ग हुँदै सदरमुकामबाट ओहोरदोर गर्न बाध्य भएका छन । सो स्थानमा पुल निर्माण गर्न २०६७ सालमा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालले शिलान्यास गरेपनि पुल बन्न सकेन । सो पुल निर्माणका ठेक्का सकार गरेका पप्पुकन्ट्रकसनको कमिकमजोरीले समयमा पुल बन्न नसकेको प्रदेश सभा सदस्य नागेन्द्र साहले बताए । समयमा पुल नबनाएका कारण सो ठेक्का रद गरि पुन टेण्डर गरिएका छन । पुन: टेण्डर भएको डेढ बर्ष दिन भन्दा बढि समय बित्न लाग्दा समेत काम शुरु नभएका कारण स्थानीय जनतालाई लिएर सडकमा उत्रिएको प्रदेश सभा सदस्य साहले बताए । ठेक्का हुने, काम नहुने ,विना कुनै डिजाइनको कसरी ठेक्का भयाे ? भने प्रश्नमा हुलाकी सडक आयोजना कार्यालय बिरगंजका प्रमुख दिपक झासंग सोध्दा आफु सोही पुलको कामले काठमाडौं विभागमा आएको र विहीबार पुल निर्माणको बिषयमा महानिर्देशक आगाडी पुल निर्माणको समझाैता गरिएको ठेकदारसंग निष्कर्ष निस्कने किसिमको छलफल हुने बताए ।
यसैबिच राैतहट क्षेत्र नम्बर १ का जनता आन्दोलनमा उत्रिएको खवर पाउन साथ पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालसंग भेटघाट गरि समस्या सामाधानको लागि गम्भीर हुन आग्रह गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0