
अरमान कुमार उपाध्याय पौष २६ गते रौतहटको कटहरियाकी उपमेयर रिता देवी यादवको नेतृत्वमा गएको जनप्रतिनिधिको टोलीले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ। बिभिन्न ८ बुन्दे माग गर्दै उपमेयर यादव सहितका जनप्रतिनिधिको टोलीले कर्मचारीलाई कोठा बाहिर निकालेर छुट्टाछुट्टै फाँटहरुमा तालाबन्दी गरेको हो।उपमेयर रिता देवी यादव, वडा १ का अध्यक्ष भूपेन्द्र कुशवाहा, वडा ४ का अध्यक्ष चन्दन कुशवाहा, वडा ७ का अध्यक्ष सहिद मियाँ, कार्यपालिका सदस्य जामुन ठाकुर, लगायत तालाबन्दी गर्न गएका बिभिन्न राजनितिक दलका प्रतिनिधिहरुले मेयर अजय प्रकाश जैसवालले सहजरुपमा हिसाब पारदर्शी नगरेमा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























