1. रामानन्द साह।फाल्गुन १८ गते।

    देवाही गाेनाही नगरपालिकामा स्थानीय तह स्तरीय खाेप समन्वय समिति तथा संचारकर्मिकाे अभिमुखिकरण गाेष्टि दादुरा रूबेला खाेप अभियान २०८०/८१  सम्पन्न भएको छ।शुक्रबारका दिन नगरपालिकाकाे सभाहलमा कार्यक्रमकाे आयाेजना बाेलाईएकाे थियोे ।प्रमुख अतिथीकाे रूपमा पालिका कि नगर उप प्रमुख परनिया देवी पटेलले रहनु  भएको थियो  । प्रमुख प्रशासकीय अधिकृत संदेश यादवकाे अध्यक्षतामा सम्पन्न भएको हाे।
    कार्यक्रमकाे आयाेजक देवाही गाेनाही   नगरपालिका स्वास्थ्य शाखा रहेकाे थियो ।कार्यक्रम सन्चालन स्वास्थय शाखा प्रमुख जागा रामले गर्नु भएको  थियो ।
    कार्यक्रममा स्वागत मन्तबय राख्दै प्रशासकीय अधिकृत यादवले हामी सबैले मिलेर निगरानीका साथ कार्यक्रम लाई सफल बनाउन र कुनै पनि बच्चा नछुटाेस भनेर र आफु  बाट हुने सहयाेगका त्यार रहेको बताए ।
    प्रशिक्षकका रूपमा आशा चाैधरीले प्रशिक्षण दिएका हुन।
    कार्यक्रमकाे बारेमा बाेल्दै यही फागुन २१ गते देखी २४गते सम्म नगर भरीमा वडा नं.-१ देखि वडा नं. ९ सम्मका सम्पूर्ण विद्यालय, समुदाय र स्वास्थ्य संस्थामा उक्त कार्यक्रम संचालन हुने बताए । यस नगर भित्रका ९ महिना देखि १५ वर्ष सम्मका सम्पूर्ण बालबालिकाहरु तथा खोप लिएका वा नलिएका सबैलाई अनिवार्य रुपमा यी खोप लगाउनु पर्ने बताएका हुन। दादुरा रूबेला रोग विरुद्धको यो खोप अति सुरक्षित र प्रभावकारी रहेको स्वास्थ्यकर्मिहरुको भनाई रहेको छ ।देवाही गाेनाही नगरका सम्पूर्ण बालबालिकाहरुले उक्त खोप लिएमा दादुरा–रुबेला विरुद्ध लड्न सहयोग पुग्ने बताए।दादुरा–रुबेला लागेका एक व्यक्तिले १८ जनालाई संक्रिमत गर्न सक्छ। याे खाेप लगाएपछि अकाल मृत्युदरमा कमि ल्याउ छ। हामि सबैले मिलेर याे अभियान सफल पार्नुपर्छ ।निमन्त्रणा कार्ड बितरण गर्दा खासगरी स्कुलमा प्राथनाकाे समयमा बितरण गर्नु भयाे भने सबै बालबालिकाले लिएर गएपछि अभिभावकहरू लाई  दिन्छ छ र वहाहरूलाई पनि यस बिषयमा जानकारी हुन्छ ।गर्भावस्थामा रुबेला संक्रमण भएमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चाको जन्म हुने, गम्भिर प्रकारको जन्मजात हुने विकलाङ्ग देखा पर्ने समस्या तथा छातिमा प्वालहुने समस्या  देखिन सक्ने उनले बताए ।र याे खाेप चलिरहेको बेलामा संचार माध्यमहरूमा बिभिन्न किसिमका गल्त र भ्रामक पाेष्टहरू नगर्न संचारकर्मिहरू संग आग्रह गरे।उक्त कार्यक्रममा स्वास्थ्य सह-संयाेजक  राजिव साह, प्रशासन शाखा प्रमुख राजदेव राम,वडाअध्यक्षरू,सामुदायिक बिधालयका प्रधानाध्यापकहरू र  पत्रकारहरूकाे उपस्थिती रहेका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0