

रूपेश यादव।
फाल्गुन २० गते , आईतबार ।
रौतहट बृन्दावन नगरपालिका – ८ आकडपाथर निवासी एकीकृत समाजबादी पार्टीमा आबद्ध रहेका रामदरश ठाकुरको श्रीमती महासुनदर देवीको गएराति अल्प आयूमा असमायिक निधन भएको छ । मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्ने प्रार्थना गर्दै आज मुस्लिम इतेहाद संगठन नेपाल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष एवं नेकपा एस का युवा नेता सलामोदिन दर्जी स्वर्गीय महासुन्दर देवीको पार्थिव शरीरलाई पार्टीको झण्डा , खाँदा एवं माला अर्पण गरी स-सम्मान अन्तिम बिदाई गर्दै दुःख व्यक्त गरेका हुन् । उक्त कार्यक्रममा वृन्दावन नपा – ७ का वडा अध्यक्ष जगनाथ पाल , वडा नम्बर -९ का प्रवेज आलम,पूर्व सांसद हसिमा खातुन , स्थानीय लगायत विभिन्न नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
























