
दिपेश कुमार शाह
रौतहट कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जयसवालले नगरको सरसफाईमा ध्यान नदिएको भन्दै स्थानीय युवाहरुले नगरपालिका कार्यालयको प्राङ्गणमा फोहोर फ्याकेर बिरोध जनाएका छन् ।
नगरले समयमा फोहोर नउठाएको भन्दै स्थानीय तथा बजार आसपासको ब्यपारी तथा युवाहरुले फोहोर नगरपालिकाका कार्यालयको प्राङ्गणमा फोहोर फ्याकेर बिरोध जनाएको छ । फोहोर व्यवस्थापनका लागि समाधान नहुँदा समस्या आएको भन्दै नगरले फोहोर व्यवस्थापन गर्न नसकेको जनाएको छ । नगरले बिषेशगरी बजार क्षेत्रको फोहोर व्यवस्थापनमा समस्या हुँदै आएको जनाएको छ । चर्पी सरसफाइ गर्ने टंकी धेरै दिन देखि बन्द रहेको स्थानीयले बताए ।
रजनिती दल, वडा अध्यक्षहरु संग पटक पटक छलफल र संवाद गरेको भएपनि दिर्घकालिन ब्यबस्थापन अवलम्बन नहुदा बजार क्षेत्रको फोहोर ब्यबस्थापनमा समस्या हुँदै आएको नगर बाशीको भनाई छ । यता स्थानीयहरुले भने दिगो समधान नभए सम्म फोहोर उठाउन नदिने जनाए । सिमित समयको लागि केहि समय मात्रै फोहोर उठाएर नहुने यसका लागि दिर्घकालिन समाधान लिएर नगरले फोहोर व्यवस्थापन गर्नु पर्ने उनिहरुको अडान छ ।
फोहोर व्यवस्थापनमा सँधैको लागि समधान लिएर फोहोर उठाउन आउन स्थानीयहरुको आग्रह छ । नत्र फोहोर यतावथ कार्यालयमै रहने उनिहरुले जनाए छ । सरसफाइ गर्ने गाडीमा इन्धन नरेको हुनाले सरसफाइ गरे कर्मचारीहरुले भन्छन । नगर प्रमुख, हाकिम र चडनेमा कहिले इन्धन काम हुदैन यो दुबै जनाको गाडीमा पानी जस्तो प्राविधिक उपकरणले चल्छ स्थानीयहरुले बताए ।

























