
रौतहट, ३२ जेठ ।
रौतहटको फतुवा विजयपुर नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकिय अधिकृत वकिल प्रसाद पालको सरुवा भएता पनि उनले नगरपालिका नछोडदा अहिले नगरपालिका तनावग्रस्त बनेको छ । रौतहटको मालपोत कार्यालयमा केही वर्ष पहिला रहि रकमी चलखेल गरेको खबर सार्वजनिक पछि सलार्ही सरुवा भएका पाल केही वर्ष अगाडी मात्रै स्थानियतहहरुमा जान सुरु गरेका छन् । बारा, पर्सा लगायत अन्य जिल्लाका स्थानिय तहहरुमा गई समय समयमा विवादमा आएका पाल पछिल्लो समय आफनो शक्ति प्रर्दशन गर्दै उपसचिब लाई तह लगाउदैं सोझा साझा कार्यावाहक मेयर अम्बया खातुनलाई फकाउदैं उनको पालिकामा आउनु सफल भएका थिए । नगरपालिकामा आउन सफल भएता पनि प्रमुख प्रशासकिय अधिकृत पाल नगरमा विवाद गराउनु बाहेक अरु केही कार्य भन्ने गरेको थिएन । कहिले शिक्षा संयोजकको विवाद त कहिले जिन्सी शाखाको विवाद लगाएतका विवादहरु गराई आफनो दोनो सोझयाउन तर्फ लागे ।
नगर विकासका लागि विनियोजन गरिएको बजेटलाई कार्यान्वयन गराउनुको साटो विवाद उत्पन्न गराएर आफुले हुदैं नगएका कार्यहरुको विल भरपाईहरु ल्याई भुक्तानीका लागि लेखापाल उमेश यादवलाई दबाब बनाउने गरेको थिए । काम सम्पन्न भई बाकी बसेका रकमको भुक्तानी दिने प्रक्रिया अगाडी भए पनि तयार भएको चेक समेतमा सही नगरि सेवाग्राहीलाई दुख दिने कार्यालय नियमित रुपमा नआउनु जस्ता कार्यहरु गरेको देख्दा आर्जित भएका जनप्रति निधीहरुको सिफारीसमा संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले उनको सरुवा अन्यत्र गरेको छ ।
जेठ २९ गते च.न. २४३३ काे पत्रबाट सरुवा भएका प्रमुख प्रशासकिय अधिकृतको ठाउमा च.न. २४३० काे पत्रबाट थप जिम्मेवारीमा कामकाज गर्न उनी भन्दा उच्च पदका कर्मचारी उपसचिव सुरेन्द्र प्रधानलाई प्रमुख प्रशासकिय अधिकृतको कार्यभारका लागि मन्त्रालयले पठायो । मन्त्रालयको पत्र पाएर नगरपालिका गई हाजिर भएका उपसचिब प्रधानले आफनो कार्यहरु प्रक्रियागत रुपमा गरिरहदा सरुवा भएका प्रशासकिय अधिकृत पाल विभिन्न जालझेल गरि नगरपालिकामा अहिले विवाद गराई द्धन्द फैलाउने कार्यमा व्यस्त भएका छन । कहिले मन्त्रालय त जिल्ला प्रशासन कार्यालय त कहिले काेष लेखा नियन्त्रण कार्यालय गई त्यहाँका प्रमुखहरुलाइ अनाहकमा धर्काउने तथा हुलहुजत गराउने कार्य गरि नगरपालिकालाई अस्तव्यस्त बनाएका छन । प्रशासन क्षेत्रमा लागेका व्यक्तिले यसरी सरकार हरेक निर्णायक कार्यमा सहयोग गर्नुकाे साटाे आफ्नो निजी स्वार्थका लागि साेझासाझा कार्यवाहक नगर प्रमुख तथा उनका श्रीमानलाई उचालि नगरपालिकामा विवाद तथा झडपकाे श्रृजना गरेका छन ।
प्रमुख जिल्ला अधिकारीले पत्रकाे अधारमा सम्बन्धित ठाउमा आएकाे कर्मचारीलाई काम गर्न दिन र आफू सरुवा भएको ठाउँ आफुलाइ जान भने पनि उक्त कार्य छाेडी द्वन्द्व श्रृजना गराई नगरपालिकालाई तहसनहस गर्न खाेज्ने यस्ता कर्मचारीलाई कार्यवाही हुनु पर्ने स्थानीयहरुकाे तर्क रहृकाे छ ।

























