दिपेश कुमार शाह
रौतहतको कटहरिया नगरपालिकाको दशौं नगर सभा सम्पन्न भएको छ। स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार १० गतेभित्र नगर सभा सम्पन्न ।नगर प्रमुख अजय प्रकाश जैसवालको अध्यक्षतामा सम्पन्न भएको नगर सभाले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।बुधबार भएको नगर सभामा मेयर जैसवालले वार्षीक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले आगामी आर्थिक वर्षका लागि ४६ करोड ६२ लाख ५४ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको बताउनु भयो । नगर सभाले उक्त नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित गर्ने हो।
नगर सभाको पहिलो बैठकमा एकमुष्ट बजेट प्रस्तुत गरिएको भएपनि त्यसपछिका बैठकमा छलफल गरी बजेटलाई शिर्षकगत रुपमा छुट्याएर नगरसभाले सर्वसम्मत पारित गरेको कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रधानले जानकारी दिए । यस नगर सभाले अफ्ना निति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, खेलकुद, भौतिकपूर्वधार, कृषी, पशुपक्षी, खानेपानी तथा सरसफाई, उधोग, वाणिज्य तथा वित्तिय लगाएका क्षेत्रलाई विशेष प्रथमिकता दिएको अधिकृत प्रधानले बताए ।

यसै वीच कटहरिया नगरपालिकाका उप मेयर रीता देवी , वडाध्यक्ष सरफलाल गुप्ता, वडाध्यक्ष सहिद मिया , वडाध्यक्ष चन्दन कुशवाहाले मेयर जैसवालले एकलोटी रूपमा नगर सभा गरेको भन्दै विरोध गरेका छन् । आफू हरुको उपस्तिति विना मेयर जैसवालले बल जबरजस्ती गरेको नगर सभालाई सुईकार न गर्ने उनीहरू बताएका छन् । एकलौटी रुपमा गरिएको नगर सभा रद गरी अर्को नगर सभा गर्नु पर्ने उनीहरू मांग छ । आफूहरु संग कुनै सरसल्लाह न गरी मेयर जैसवालले एक पक्षिय ढंगले गरेको नगर सभा कुनै हालतमा मान्य नहुने उनीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0