
दिपेश कुमार शाह ।रौतहट ।रौतहटको कटहरीया नगरपालिका वडा नं ४ अध्यक्ष चन्दन कुमार कुशवाहको प्रमुख अतिथिमा शुक्रबार नगरभरीमा रहेका ५ वटा माध्यमिक बिद्यालयलाई ब्यक्तिगत लगानीमा हाजिरी जवाफ प्रतियोगिता तथा चित्रकला प्रत्येकता कार्यक्रममा जनता मा बि प्रथम भएको छन ।
हाजिर जवाफ प्रतियोगिता तथा चित्रकला कार्यक्रम अनुसार शुक्रबार आयोजित माध्यामिक तह कक्षा ५ देखि १० सम्मको बिद्यार्थीहरुलाइ हाजिरी जवाफ प्रतियोगिता तथा चित्रकला प्रतियोगितामा श्री जनता मा बि कटहरीया प्रथम भएको हो । त्यस्तै, मावि भसेडवा द्वितीय र मावि बलिरामपुर तृतीय भएको छ । उक्त प्रतियोगितामा जनता माविलाई पुरस्कार प्राप्त गरेको हो
कटहरीया नगरपालिका वडा नम्बर १ मावि भसेडवाको प्राङ्गणमा आयोजित प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गरेका विद्यालयहरूलाई पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको छ । । उक्त प्रतियोगितामा नगरपालिका क्षेत्र भित्रका ५ ओटा सामुदायिक विद्यालयहरूको सहभागिता रही प्रत्येक साबिकका नगरमा पहिलो विद्यालयहरूबिच शुक्रबार हाजिर जवाफ प्रतियोगिता तथा चित्रकला प्रतियोगिता सो वडाका वडा सचिब छाेटेलाल मिश्राले बताएको छ ।
प्रमुख अतिथि चन्दन कुशवाहले विद्यार्थीहरूमा रहेको अन्तर्निहित प्रतिभाको प्रस्फुटन गराउने जमर्कोका लागि प्रतियोगिता आयोजना गरिएको तथा विद्यार्थीहरूमा पठन सीपको लगनशीलताको लागि साबित हुने बताउनु भयो । माबि भषेडवाकाे प्राङ्गणमा साे कार्यक्रम संचालन गरेका हुन । साे कार्यक्रमका बिशिस्ट अतिथि नगरपालिकाकी उपमेयर रिता देबी यादब तथा अतिथि राैतहट जिल्ला समन्वय एकाई समितिका पुर्व अध्यक्ष रामएकवाल यादब र वडा सदस्य दिपलाल यादव , पुर्व वडा अध्यक्ष राजकुमार साहले गरेका थिए ।
साे कार्यक्रमकाे अध्यक्षता बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हरिलाल यादबले गरेका थियो ।नगर भरिका सबै बालबालिकालाई शिक्षा प्रतिकाे जागरूकता बढाउनकाे लागि तथा नगरका शिक्षामा देखिएकाे कमिकमजाेरीलाई बिभिन्न कार्यक्रमकाे माध्यमबाट सुधार गराउने उदेश्यले गाउँनगर र देशलाई छुट्टै पहिचान बनाउन आफुबाट शुरूवात गर्नु पर्छ भन्ने भनाइ अनुसार साे कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेकाे हो ।
जिल्लाकाे याे पहिलो वडा हाे जसले यस्तो कार्यक्रमलाई पहिलो शुरूवात गरेका छन । यस्तो देखासिकिले अरू वडाका अध्यक्षले अन्य वडामा शिक्षा प्राथमिकतामा राखेर केही कार्यक्रम गराउने उदेश्यले वडा अध्यक्ष कुशवाहाले बताए ।
साे कार्यक्रममा बिभिन्न बिद्यालयका बिद्यालय प्रतिनिधि विद्यार्थी तथा गाउँका भद्रभलादमी, बिद्यार्थीहरुकाे उपस्थित रहेकाे सो वडाका वडा सचिब छाेटेलाल मिश्राले बताए ।

























