
रूपेश यादव
राैतहट २१ असार ।
फतुवा बिजयपुर नगरपालिका भित्रका करारका कर्मचारीहरूले नगरपालिकाकाे मुख्य गेटमा तालाबन्दी गरिएकाे छ।
शुक्रबारका दिन करारका कर्मचारीहरूले संयुक्तरूपमा तालाबन्दी गरेको हाे।
उक्त नगरपालिकाका कार्यवाहक नगर प्रमुख अम्बेया खातुन लाई साेहि बिज्ञपती मार्फत ध्यानाकर्षण गराएकी हुन।आर्थिक बर्ष २०७९०/०८०काे पुरानो बाकी तलब तथा चालु आर्थिक बर्ष २०८०/०८१का करार कर्मचारीहरूकाे तिन महिनाकाे बक्यौता तलब भुक्तानी नभएको तथा लेखा प्रमुख उमेश यादव संग सम्पर्क हुन नसकेकोले तलब भत्ताको भुक्तानी नहुन जेल सम्म तालाबन्दी गरी कार्यालयकाे कामकाज थप रहने जानकारी गराएका हुन।
साे ज्ञापनपत्रमा संघिय ममिला तथा समान्य प्रशासन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय राैतहटलाई बाेधार्थ गरेका हुन।
साे तालाबन्दीमा धर्मेन्द्र यादव,फिराेज आलम,हंशराज यादव,सुधिर यादव , बेवेक यादव रामाशंकर यादव लगाएतका ब्यक्तिहरूकाे सहभागीता रहेका थियो ।

























