रूपेश यादव
साउन १३ गते।

राैतहट, सामुदाय दलित बिकास केन्द्र नेपालककाे चाैथाे बार्षिक सधारण सभा सम्पन्न भएको छ।सामुदाय दलित बिकास केन्द्र नेपाल माधवनरायण नगरपालिका -६ शनिबारका दिन एक कार्यक्रमका बिच गरूडा नगरपालिका स्थित अनुष पार्टी प्यालेसमा आफ्नो बार्षिक साधारण कार्यक्रम सम्पन्न गराएको हाे।
संस्थाका अध्यक्ष सुब्बासाहब पासवान (हजारी)काे अध्यक्ष्तामा बाेलाईएकाे कार्यक्रममा प्रमुख अतिथीका रूपमा माधवनरायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसादले रहनु भएको थियो ।
बिशिस्ट अतिथीहरूमा साेहि नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार यादव , वडा न २ का अध्यक्ष रामबिश्वास साह, ६ का वडा अध्यक्ष रामनरेश राय यादवले रहेका थियो।कार्यक्रममा बाेल्दै नगरप्रमुख यादवले पहिला नेपालमा अहिले सतहत्तर ओटा जिल्लाहरू छन तर शिक्षामा राैतहट सबै भन्दा पछाडि किनकि त्यसमा हामिहरूकाे कमजोरी छ ।
यस्ता संघ संस्था एनजीओ र आईएनजीओ काे मार्फतले गाउँ सामाज र वडा वडामा शिक्षा सम्बन्धि जनचेतना फैलाउने गर्दछ र यसले समाज सकरात्म प्रभाव पारेका छन।त्यस‌ैले अरू पालिकाहरू भन्दा माधवनरायण नगरपालिकाले संघसंस्थाहरू बढि प्राथमिकता दिएको छ। र हामिहरूकाे तर्फबाट सक्दाे सहयोग हुने वहाले बताए, साथसाथै आउने दिनहरूमा याे संस्थाकाे उन्नति प्रगतिकाे कामना समेत गरेका हुन।
साथै कार्यक्रममा बाेल्दै वडा अध्यक्षहरूले याे संस्था जिल्लामा स्थापित भएको संस्था रहेको बताए जिल्लामा धेरै जसाे संस्थाहरू छन जसकाे सधारण सभा रजिस्टर घरघरमा घुमाएर हस्ताक्षर गराउछ तर यस्तो कार्यक्रम गरेकोले संस्थालाई धेरै धेरै धन्यवाद ब्यक्त गरेका हुन साथै आउने दिनहरूमा अझै प्रगतीकाे बाटे राेजन सफल रहन शुभकामना ब्यक्त गरे।
आज सम्पन्न सधारण सभाबाट अध्यक्षमा सुब्बासाहेब पासवान (हजारी) उपाध्यक्ष रिमा कुमारी रजक,काेषाध्यक्ष सिमा कुमारी पासवान, सचिव सुनिल कुमार पासवान ,सदस्य धर्मशिला देवी राम र सन्ताेष महरा सर्वसहमतले आज फेरी चयन भएका छन।
कार्यक्रमलाई समाप्न गर्दै अध्यक्ष पासवानले आफुले संस्था प्रतीकाे माया स्नेह कहिले कम नहुने बताए र काम गर्नेमा आफुले कहिले मनाेबल नघटाउने र संघर्ष सधै जारी राख्ने बताउनु भयो ।
उक्त कार्यक्रममा माेलबि , पंडित, पास्टर,दलित अगुवाहरू , दलित पत्रकारहरू लगाएतका बिभिन्न जातजाति धर्मका ब्यक्तिहरूकाे सहभागीता रहेका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0