दिपेश कुमार शाह( डिके शाह )।रौतहट ,नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रका कर्मचारीको लापरवाहीले जिल्लाका दर्जनौं गाउँका उपभोक्ताहरु मार्कामा परेका छन । वितरण केन्द्र मौलापुरबाट जथाभावी लाईन काटिदा उपभोक्ताले सास्ति बेहोर्दै आउनु परेको हो ।

विद्युत उपभोक्ताले बेहोर्दै आएको समस्याप्रति विद्युत प्राधिकरण मौलापुरका कर्मचारीहरु भने मुकदर्शक बन्दै आएका छन ।

बिना जानकारी जुनसुकै बेलामा पनि छिनछिनमा बत्ति जाने, कहिले काही त घन्टौसम्म पनि लाइन काटिने जस्ता समस्याले यस क्षेत्रका सर्वसाधारण उपभोक्ताले बिजुली भएको कुनै महसुश गर्न पाएका छैनन । ‘घरमा बिजुलीको मिटर छ, महिनैपिच्छे महशुल पनि तिर्नुपर्छ, स्थानीय एक उपभोक्ताले भने तर चाहिएको बेला कहिल्यै पनि विधुत सेवा पाइदैन । उनले राति खाना खाने समयमा जहिले पनि बत्ति काटिने गरेको बताए । विद्युत अनियमितताले गाउँका स्कुलमा पढने बालबालिका सबैभन्दा बढी प्रभावित बनेको पनि उनको भनाइ छ । बत्ति नहुँदा बालबालिकाले राति घरमा बसेर लेखपढ गर्न समेत नपाएको उनीहरुको गुनासो छ ।

प्राधिकरणका कर्मचारीको लापरवाहीले सीमा नाघेको र गाउँमा विद्युत सेवा अनियमित भएको पनि उनको आरोप छ । ‘मोवाइलमा फोन गर्दा कर्मचारीहरुको फोन नै लाग्दैन, उनले भने, जहिले पनि ब्यस्त छ मात्रै भन्छ ।’ उनले लागि हाले पनि कर्मचारीले फोन नउठाउने गरेको बताए ।

नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रका कार्यालय प्रमुख संदिपकुमार दास कार्यालयमा सरुवा भएर आएदेखि यस क्षेत्रमा विद्युत अनियमित हुने र चुहावटको समस्या पनि बढेको स्थानीयको आरोप छ । विद्युत चुहावट नियन्त्रण गर्ने नाममा सर्वसाधरणलाई दुख दिने गरेको पनि उनीहरुको भनाइ रहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0