अरमान कुमार उपध्याय २३ साउन रौतहट

रौतहटको प्रादेशिक अस्पताल गौरमा प्रसूति सेवा लिने आउनेको सङ्ख्यामा वृद्धि भएको छ । अस्पतालले सेवा सुविधामा व्यापक सुधार गरेपछि सुरक्षित प्रसूति सेवा लिन प्रादेशिक अस्पतालमा आउने गर्भवती महिलाको सङ्ख्यामा वृद्धि भएको हो ।

प्रादेशिक अस्पताल गौरमा कार्यरत डा.जितेस ठाकुर, हिजो राति ईमर्जेन्सी अवस्थामा रहेको ५ जना र आज ४ जना महिला लाई शल्यक्रियाबाट प्रसूति सेवा दिने गरेको प्रादेशिक अस्पताल गौर रौतहटमा कार्यरत डा. जितेस ठाकुरले जानकारी दिनुभयो।

निजी अस्पतालमा प्रसूति गराउँदा खर्च धेरै हुने गरेको तर सरकारी अस्पतालमा प्रभावकारी ढङ्गले प्रसूति सेवा प्राप्त हुने गरेका कारण गर्भवती महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0