असोज ७ गते                                                               आज माननीय  सांसद किरण साहको सहकार्य तथा अनुरोधमा रौतहटको राजपुर नगरपालिका क्षेत्र नं.२ मा झाडापखाला तथा हैजा रोगलाई नियन्त्रण गर्न स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण भएको छ । सो पालिकामा दिनप्रतिदिन यसको प्रकोप बढ्दै गएकोले स्थानीय स्रोत साधनले मात्रै नियन्त्रण गर्न कठिन भएको भन्दै तथा नगरपालिकाले रोकथामको प्रयास गरिरहेको भए पनि खासै सुधार नदेखिए पछि चुनौतीपूर्ण परिस्थिति नगरपालिकाको नियन्त्रणभन्दा बाहिर गएको भन्दै अवस्था लाई गम्भीर रूपमा लिइएको सांसद साहले आज स्वास्थ्य तथा जनसंख्या मन्त्री #प्रदिप_पौडेल को ध्यानाकर्षण गराउँदै मन्त्रालयबाट थप आवश्यक सेवा सुविधा उपलब्ध गराइदिन अनुरोध गरेपछि, मन्त्रीको ठाडो निर्देशनमा #इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदु चन्द्र घिमिरेलाई हैजा रोकथामका लागि आवश्यक स्वास्थ्य उपचारको व्यवस्था मिलाउन निर्देशन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0