रा‌ैतहट ८ असाेज।

रौतहटको देवाही गोनाही नगरपालिकामा स्थिति अत्यन्तै तनावग्रस्त बनेको छ । नगरपालिकामा भएको विद्यार्थी प्रदर्शनले अत्यन्तै तनावग्रस्त भएपछि झडपमा ३/४ जना विद्यार्थी र २ जना प्रहरी घाइते भएका छन् । उक्त आन्दोलनमा उत्रिएका विद्यार्थीहरूको पथरबाजीले शिवनगरमा कार्यरत प्रहरी जवान निरञ्जन प्रसाद यादव को गर्दनमा भयानक चोट पटक लागेकोले गम्भीर अवस्थामा रहेको जनाइएको हो ।

घटना श्री जय किसान मावि धरहरिका प्रधानाध्यापक सञ्जय प्रसाद गुप्ताको सरुवाकाे बिषयलाई लिएर भएको हो। विद्यालयका प्रधानाध्यापकलाई सरुवा गरिएको खबरले आक्रोशित विद्यार्थीहरूले देवाही गोनाही नगरपालिकाको कार्यालय अगाडि जमघट गर्दै टायर बालेर विरोध प्रदर्शन सुरु गरेका थिए। स्थिति झन् बिग्रँदै जाँदा उनीहरूले कार्यालयमा ढुंगा हान्न सुरु गरे, जसले गर्दा कार्यालयको झ्यालका सिसाहरू, सिसी क्यामेरा र कार्यालयमा खडा गरिएको जेसिभीका सिसाहरूमा क्षति पुगेको छ।

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले स्थानीय प्रशासनलाई दोषारोपण गर्दै नगरपालिकाको निर्णयप्रति असन्तुष्टि जनाए। उनीहरूले प्रधानाध्यापकको सरुवालाई अन्यायपूर्ण भन्दै उक्त निर्णय फिर्ता लिनुपर्ने माग राखेका छन्। तर, प्रशासनले उनीहरूको मागलाई बेवास्ता गरेपछि प्रदर्शनकारी आक्रोशित बने र पथराव सुरु भयो।

स्थिति नियन्त्रणमा लिन पुगेका सुरक्षाकर्मी र विद्यार्थीबीच झडप हुँदा दुबै पक्षबाट घाइतेहरू भएका छन्। झडपमा ३/४ जना विद्यार्थी र २ जना प्रहरी घाइते भएका छन्। घाइतेहरूलाई तत्कालै एम्बुलेन्स मार्फत उपचारका लागि देवाही गोनाही नगर अस्पताल पुर्‍याइएको छ। अस्पताल स्रोतका अनुसार, घाइतेहरूको अवस्था हालसम्म सामान्य रहेको छ तर अझै पनि उनीहरूको निगरानी गरिँदै छ।

विद्यार्थीहरूको आन्दोलन अझै जारी रहेको छ। उनीहरूले प्रशासनको चर्को आलोचना गर्दै, प्रधानाध्यापकको सरुवा खारेज नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्। स्थानीय प्रशासनले स्थिति शान्त पार्न सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ भने वार्तामा बसी हाल सम्म नगर शिक्षा समितिले बाेलाईएकाे बैठक स्थगित गरिएको निर्णय गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0