कार्तिक ११                                                    रौतहटको दुर्गा भगवती गाउँपालिकामा ग्यास सिलिण्डर र चुलो वितरण आजबाट सुरु भएको हो । दुर्गा भगवती गाउँपालिकालाई धुवाँ मुक्त बनाउने अभियान अन्तर्गत आज वडा नं. १ गंगापिपरा देखि ग्यास सिलिण्डर र चुलो वितरण कार्यक्रमको सरुवात भएको हो । महिलाहरुमा जागरूकता बढोस् तथा गाउँपालिकालाई धुवाँ मुक्त बनाउने उदेश्यले ग्यास चुलो वितरण गरिएको दुर्गा भगवती गाउँपालिका प्रमुख शम्भु कुमार सिंहले बताए । गाउँपालिकाको वाड नं. १ देखि वाड नं. ५ सम्म पालो-पालो लगभग ४५ साय घर-परिवारलाई ग्यास सिलिण्डर,चुलो तथा राहत स्वरुप चामल, दाल, खानेतेल, नुन, साेयाविन सहितका सामाग्री वितरण गरिने गाउँपालिका अध्यक्ष सिंहले बताए । साथै ग्यास चुलोसँगै त्यसमा लाग्ने पाइप, रेगुलेटर र लाइटर समेत सबैलाई वितरण गरिएको छ । यहा को जान्ताहरु खुशी भएर नगर प्रमुखलाई धेरै धेरै धन्याबाद दिनुभएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0