
प्रेमचन्द्र झा
कार्तिक १४ गते
राैतहट। राजदेवी नगर प्रमुख भिखारी यादवले समाजसेवा गर्न युवाहरु आगाडी बढनु राम्रो कुरा भएको बताएका छन । पालिकाको वडा नम्बर ४ बसतपुरमा एक कार्यक्रम बिच वागमती समाज युवा कल्बको उदघाटन गर्दै युवाहरुले समाजसेवा विना भेदभाव गर्ने भए आफुले सक्दो सहयोग गर्ने प्रतिवद्वता समेत व्यक्त गरेका छन । राजदेवी नगर प्रमुख भिखारी यादवले सो कल्बको उदघाटन गरेका हुन । सो उदघाटन कार्यक्रममा पुर्व मन्त्री याेगेन्द्र यादव ,वडा अध्यक्ष शम्भु साह सहितले मन्तव्य राखेका थिए । यश अधि विहान साे संस्थाले सरसफाई कार्यक्रम संञ्चालन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























