
दिपेश कुमार शाह( डिके ) / कार्तिक १६ कटहरिया नगरपालिकाको दोस्रो मेयर कपको सुरु भएको छ ।यस पटक नगरपालीकाको आयोजनामा खेल संचालन गरिएको हो ।खेलको उद्घाटन गर्दै नगर प्रमुख अजय प्रकाश जैसवाल , गरुडा नगारपालिका प्रत्याशी नगर प्रमुख दीपक यादवका खेल वाट समृद्ध बन्ने आधारहरु रहेको वताए ।
खेलको माध्यमबाट देशलाई अन्तराष्ट्रिय स्तर सम्म पहिचान गराउन सफल भएको अवस्थामा स्थानिय तहमा आयोजना हुने यस्ता प्रतियोगिताले नयाँ खेलाडी जन्माउने उनले बताए ।
खेलबाट आपसी भाइचारको सम्बन्ध पनि मजबुत बन्ने र युवाहरुलाई खेलकुद प्रति आर्कषित गर्दा युवा कुलतबाट बच्ने नगर प्रमुख अजय प्रकाश जसवालले जनाए ।
कार्यक्रममा नगरको सानको रुपमा आयोजना हुने यस्ता प्रतियोगितमा धेरैलाई सहभागि गराउनु पर्ने नगर प्रमुख जयस्वालले बताए ।
खेललाई सभ्य रुपमा सम्पन्न गर्न नगरले गरेको लगानीलाई उचित प्रयोग गर्नु पर्नेमा जोड दिएका थिए । प्रतियोगितामा महिला खेलाडी विच पनि प्रतिष्पर्धा रहेकोले यस क्षेत्रका खेलाडीहरुलाई पनि खेलको माध्यमको जोड्न सफल भएकोमा आयोजकलाई धन्यवाद दिए ।
गत बर्षबाट सुरु भएको मेयर कप प्रतियोगिताका दोस्रो चरण आइपुग्दा केहि परिमार्जित भएको पाइएको नगर प्रमुखले बताए ।मेयर कप प्रतियोगितामा आगामी बर्ष देखि अन्य खेलहरु पनि समेट्नु पर्ने नगर प्रमुखले बताए ।

























