
कार्तिक १६ गते अरमान कुमार उपध्याय
आज शुक्रवारका दिन एक समारोहका बिच कटहरियाका मेयर अजय प्रकाश जयसवालले ब्याटिङ गरेर प्रतियोगिताको उदघाटन गरे पछि प्रतियोगिता सुरु भएको हो ।
टुर्नामेन्टमा आज पहिलो दिनको खेल गरुडा क्रीकेट क्लब र बारा सिम्रोनग्ढ क्रिकेट टिम बिच भएको थियो , दुबै टिम मध्ये गरुडाको टोलीले ८ बिकेटले जित हात पारेका छन ।
कुल ८ वटा टिम सहभागीहुने टुर्नामेन्ट प्रतियोगितमा भोलि कात्तिक १७ गते कटहरिया र गौर टीम बीच प्रतिस्प्रधा हुने छ। त्यस्तै कार्तिक १८ गते यु. सि.सि.कल्ब बिरगंज र पेस फाउन्डेसन जनकपुरधाम , कात्तिक १९ गते चन्द्रनिाहपुर र हेटौंडा क्रीकेट टिम बिच खेल हुने आयोजकले जनाएको छ ।
सिजन २ को मेयर कप टि–२० नक आउट टुर्नामेनटमक क्रिकेट प्रतियोगितामा प्रथम हुने टिम नगद ५५ हजार सहित सिल्ड मेडम , दोस्रो हुने टिम ३१ सिल्ड मेडल पुरुषकार प्रदान गरिने आयोजक कटहरिया नगरपालिकाले जनाएको छ ।

























