
कार्तिक ३० गते अरमान कुमार उपध्याय कटहरिया नगरपालिका मा आज शुक्रबार एक विशेष कार्यक्रमका बिच नगर प्रमुख अजय प्रकास जैसवालले एस.इ.इ.मा उत्कृष्ट भएका ५ जना बिद्यार्थीलाई ल्यापटप सहित सम्मानित गरेका छन् । २०८० का एस.ई.ई मा सामुदायिक बिधालयहरुबाट ३.६० सो भन्दा बढी GPA प्राप्त गर्ने बिद्यार्थीहरुलाई पुरस्कार बितरण तथा सम्मान गरेका छन् । श्री जनता माध्यमिक बिधालय कटहरियामा ३.६० GPA भन्दा माथि A + ल्याएका ५ जना बिधार्थिहरूलाई ल्यापटप वितरण गरेको थियो । प्रथम अनरूद यादव ३.७१, दोस्रो मधु साह ३.६९ तेस्रो स्थान, सन्ध्या कुशवाहा ३.६२, चौथो बादसाह कुशवाहा ३.६२ र पाचौ धर्मेन्द्र राय ३.६१ अंक ल्याएर अर्थात A+ ल्याएर नगरको शिरलाई ठाडो पारेको भन्दै ती पाच जनालाई ल्यापटप सहित मेयर जैसवालले आज सम्मानित गरेका हुन् । साथै आउदो दिनमा बिधार्थीहरुको लागि नि:शुल्क कोचिङ्गको ब्यवस्था र लोकसेवा कक्षाको पनि ब्यवस्था गर्ने उनले प्रतिबद्धता जनाउनु भएको छ । नगरपालिकाकै एक जना Mbbs मा टप गर्ने राधेश्याम दासलाई पाँच बर्षसम्म नगरपालिकाबाट सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।






















