कार्तिक ३० गते अरमान कुमार उपाध्याय

रौतहट र पर्सा जिल्लाको मध्य भागमा रहेको बारा जिल्लाको विश्व प्रसिद गढिमाई मेला आस्था र विश्वासको रूपमा बलि पुजा दिने कार्यक्रम हजारौं वर्ष अगाडिदेखि नै देश बिदेशका भक्तजनहरुको भिड बाढले उत्साह बढाउन थालिएको हो।

गढीमाई मेलाको मुख्य आकर्षण भनेको बलि नै रहेको र यहाँ भाकल गर्ने र भाकल पूरा भएपछि बलि दिने परम्परागत रहिआएको छ।
गढिमाई मन्दिरमा एक महिना लाग्ने पञ्चवर्षीय गढीमाई मेला प्रचार बिना नै करोडौं श्रदालु भक्तजन, धार्मिक पर्यटक, लाखौ पशुबलि, भव्य मनोरन्जन सहित हुने विश्वमै प्रसिद्ध मानिन्छ ।

गढीमाईको दर्शन, पूजाआजा गरेर आफनो भाकल गर्ने र अर्को मेलामा बली चढाउने परम्परा रहेको यस गढीमाइमा भारतको बिहार, उत्तर प्रदेश, पश्चिम बंगालसहित विभिन्न स्थान तथा बंगलादेश, भुटान र नेपालका विभिन्न क्षेत्रहरुबाट दर्शनार्थी आउने गर्छन् ।
एशिया महादेशको सबैभन्दा एक मात्र ठुलो मेला र ५ सालमा एक पल्ट लाग्ने महागढ़िमाई मेलाको पुजा आर्चना गर्ने तालिका सबै श्रद्धालु , भक्तजनहरुमा मेला समितिले अपिल जारी गरेको छ ।
मेला कार्यक्रम:
मेला शुरु मिति: २०८१/०८/१७ (२ दिसम्बर २०२४)
मेला समाप्ति मिति: २०८१/०८/२६ (११ दिसम्बर २०२४)
विशेष कार्यक्रम:
बोकाः बलि: २०८१/०८/२४ (९ दिसम्बर २०२४)
रंगा बलि: २०८१/०८/२३ (८ दिसम्बर २०२४)।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0