
अरमान कुमार उपाध्याय मंसिर २० गते रौतहट परोहा नगरपालिका को आयोजना मा स्वास्थ्य शाखा प्रमुख जलन्धर यादव को अध्यक्षता मा २१औ महिला स्वास्थय स्वयम सेबिका .दिवस प्रभात फेरी,हाजरी जवाफ प्रतियोगिता पुरस्कार बितरण तथा विदाई भइसकेका महिला स्वास्थ्य सेविका हरुलाइ सम्मान गर्ने कार्यक्रम यहि पालिका को बुधिजिबी,भरभलादमी,विभिन्न पार्टी को नेताकार्यकर्ता लगायत सम्पुर्न स्वास्थ्य कर्मीहरु को रोहवरमा बिभिन्न कार्यक्रम गरी सभ्य र भब्यताका साथमा सम्पन्न भएको छ।आज देशभरमा २१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका दिवस मनाइँदै छ । ‘विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाको भूमिका, स्वस्थ समाज निर्माणमा सहभागिता’ भन्ने नाराका साथ आज यो दिवस मनाउन लागिएको हो ।

























