रौतहट । माग १० गते                                                        ।रौतहटको कटहरिया नगरपालिकामा गत केही दिनदेखि रहेको विवाद समाधानका लागि बसेको सर्वपक्षीय बैठकबाट नगरपालिकाको कार्यालयमा लगाइएको ताला खोलिएको छ। बैठकले नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएपछि भोलिपल्ट बोर्ड बैठकको लागि पत्राचार गर्ने र गत पुस २० गतेको निर्णयमाथि पुनः छलफल गर्ने सहमति गरेको हो।

बैठकमा स्थानीय प्रतिनिधिहरू, सरोकारवाला पक्ष, राजनीतिक दलका प्रतिनिधि, तथा अन्य सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको थियो। निर्णयपछि ताला खोलिएको र कार्यालय सञ्चालनमा सहजता आएको छ।

सर्वपक्षीय बैठकले विवाद समाधानका लागि संवादमार्फत समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ। यस सहमतिसँगै नगरपालिकाको कामकाजलाई व्यवस्थित बनाउन मार्गप्रशस्त भएको विश्वास गरिएको छ।

कटहरिया नगरपालिकामा देखिएको विवाद गत पुस २० गतेको निर्णयसँग सम्बन्धित थियो। उक्त निर्णय पुनः छलफल गरिने सहमति भएपछि नगरवासीले ताला खोल्न सहमति जनाएका हुन्। स्थानीयबासीले विवाद समाधानका लागि यथाशीघ्र ठोस कदम चाल्न आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0