अरमान कुमार उपाध्याय १६ गते फाल्गुन                                                                           रौतहट जिल्ला को बौधिमाई नगरपालिका अन्तर्गत सरमुजवामा बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल )  वडा अध्यक्ष मुक्ति नारायण मिश्रा जि को अध्यक्षता सम्पन भएको छ। आजको कुस्ती खेल को प्रमुख अतिथि  मेयर प्रत्यासी नेपाली काङ्ग्रेस का युवा नेता राजन प्रसाद जयस्वाल  रहेका हुन। आजको खेल दुई दिने अन्तर्राष्ट्रिय दंगल प्रतियोगिता  कार्यक्रममा नेपालका नेपाल पुलिस टिम  त्रीलोकी बाबा र परोसी देश भारतका चर्चित फकिर बाबा ,मुना,हरिओम दास, पहलवानहरुको विशेष सहभागिता रहेको छ । कुस्ती खेल खेलाडीहरु लाई  खिलाउने रेफरी  रुपमा संकर मस्ताना र गोबरी राय रहेका थिए

। आजको खेलमा दुई जोडी खेलाडीहरु  लाई हाथ मिलाएर होस्ला बुलन्द गर्न नगद रु ६०००/ खर्च गरेका बिशिस्ट अतिथि बारा  जिल्ला   सिम्रौनगढ नगरपालिका प्रमुख प्रशासकिय अधिकृत हरिओम जयस्वाल रहेका छन ।

 

नेपालको बिभिन्न ठाउँका पहलवानहरु बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा दंगल प्रतियोगिता  कार्यक्रममा सहभागी भएका छन् । यस्तै भारतको मुना टाइगर पहलवान, फकिर बाबा पहलवान सहित स्थानीय पहलवानको समेत सहभागिता रहेको छ ।

बौधीमाइ नगरपालिकाका मेयर प्रत्यासी राजन बाबू जयसवाल प्रमुख आतिथित्यमा र आम जनता पार्टीको महासचिव त्रिभुवन साह को विशेष उपस्तिथिमा उदघाटन भएको कुस्ती (दंगल) कार्यक्रम हेर्न पाच हजारौंको सहभागिता रहेको छ । बौधीमाई नगरपालिका सरमुज्वा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल )समापन भएको छ ।

उक्त कुस्ती उदघाटन समारोह कार्यक्रममा बौधीमाइ नगरपालिकाको वडा न. ९ को वडा अध्यक्ष मुक्ति नारायण मिश्र,नेता जियालाल यादव, नेकपा एस का नेता रमेश जयसवाल, बौधीमाइ नगरपालिका वडा न.८ को पूर्व वडा अध्यक्ष उपेन्द्र दास,स्थानीय नेता सिताराम बैठा, नेपाली काङ्ग्रेसका स्थानीय नेता दिपेन्द्र बैठा, सहित स्थानीय विभिन्न पार्टीका जनप्रतिनिधिहरुको उपस्थिति रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0