अरमान कु. उपाध्याय २८ गते फाल्गुन                                                                 आज बौधिमाई नगरपालिका सरमुज्वा कार्यलय को सभा हौलको प्राङ्गणमा  २०८१ को होली मिलन समारोह कार्यक्रम नगर प्रमुख प्रदिप कुमार यादव र नगर उपप्रमुख प्रमिला जयस्वाल जी को अध्यक्षतामा सम्पन भएको छ।आजको होली मिलन समारोहमा  नगर भित्र का सम्पुर्न वडा अध्यक्ष , निमित्त प्रशासकिय अधिकृत ,रास्ट्रक्रमचारी,शिक्षक, कार्यपालिका सद्स्य लगायत स्वास्थ्य कर्मी हरु को उपस्थिति मा रंग ,अवीर लगाई एक आपसमा सदभाव, सटासट गरि होली मिलन समारोह आदानप्रदान कार्यक्रम सभ्यर भब्यता को साथमा सम्पन भएको छ।पर्व आपसी प्रेम, भाइचारा, सद्भाव र सहिष्णुता फैलाउने महत्वपूर्ण अवसर भएको बताउँदै विशेषगरी युवाहरूले अनुशासन कायम गर्दै संस्कृतिको जगेर्ना गर्ने जिम्मेवारी बहन गर्नुपर्ने धारणा राख्नुभयो । उनले समाजमा रहेका युवाहरूलाई अनुशासन कायम गर्न, होलीलाई गलत तरिकाले मनाउने प्रवृत्तिबाट टाढा रहन तथा परम्परागत एवं सांस्कृतिक महत्व जोगाउन विशेष ध्यान दिनुपर्नेमा जोड दिए । होली मिलन समारोह  कार्यक्रम  को बिचमा नगर प्रमुख प्रदिप यादव जी ले समाजमा देखिएका विकृति तथा विसंगतिलाई हटाउँदै होली पर्वलाई शुद्ध, सुसंस्कृत र मर्यादित रूपमा मनाउन सबैलाई आग्रह गरेका थिए ।
समाजमा शान्ति, सौहार्दता र सहिष्णुता कायम राख्दै पर्वहरूलाई एकताको माध्यम बनाउनुपर्ने कुरामा जोड दिएका थिए । रंग–अबीरको उत्सवले सम्पूर्ण वातावरण हर्षोल्लासमय बनेको थियो ।कार्यक्रममा सहभागीहरूबीच रंग, अबिर, र मिठाईको आदानप्रदान गर्दै खुशी तथा शुभकामना आदानप्रदान समारोह सम्पन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0