अरमान कु. उपध्याय                   २९ गते फाल्गुन                                                                  बारा जिल्ला को सिम्रौन गढ नगरपालिका कचोर्वा वाड न.८ द्वारा  आयोजित होली मिलन तथा शुभकामना आदान–प्रदान समारोह बिहिबार भव्य रूपमा सम्पन्न भएको छ । लोकप्रिय वडा _अध्यक्ष _रामदिनेश यादव को  प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नगरका जनप्रतिनिधि, विभिन्न  #राजनीतिक_दलका_नेता, समाजसेवी, #बुद्धिजीवी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको सम्बोधन गर्दै नेकपा एस पार्टी को केन्द्रिय सद्स्य् बतहु _यादव ले  होली पर्व रंग, उमंग र सद्भावको पर्व भएको उल्लेख गर्दै यस पर्वले सामाजिक #मेलमिलाप, आपसी समझदारी र सद्भावना अभिवृद्धि गर्ने बताउनु भयो ।
उहाँले सबै #नगरवासीलाई_शान्ति, प्रेम र अनुशासन कायम राख्दै सुरक्षित र मर्यादित तरिकाले होली पर्व मनाउन आग्रह गर्नुभयो । त्यति मात्र नभएर #होली_पर्वको_सांस्कृतिक महत्वलाई उजागर गर्दै यस पर्वले समाजलाई एकत्रित गर्ने, विगतका द्वेष हटाउने र सबैलाई #प्रेम र #सद्भावको डोरीले बाँध्ने पर्व को रूपमा मनाउन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0