जेठ १८ गते जनकपुर                                      प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्रः एक सडक’ नामक गौरवपूर्ण योजनाअन्तर्गत निर्माण हुने ६४ वटा सडक आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक विद्युतीय माध्यममार्फत शिलान्यास गर्नुभयो ।

जनकपुरधामस्थित महेन्द्रनारायण निधि सभागृहमा आइतबार आयोजित शिलान्यास समारोहमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् प्रधानमन्त्री ओलीले ती आयोजनाको औपचारिक रूपमा उद्घाटन गर्नुभएको हो।उहाँले तीन आर्थिक वर्षमा सम्पन्न हुने बहुवर्षिय योजना अन्तर्गतको उक्त सडकको लागत १२ अर्ब ७० करोड रहेको भौतिक मन्त्रालयले जनाएको छ।प्रत्येक निर्वाचन क्षेत्रमा ५/५ किलोमिटरका दरले सडक निर्माण हुने मन्न्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार रौतहटमा विरेन्द्र राजमार्गको भेडियाहीदेखि राजपुर तुलसी सरुअठा हुँदै झुन्खुन्वासम्म, माधवनारायण रजवडादेखि मिठुअवा, खेसरहिया हुदै सुकदेव चौक पिपरा बजार सडक, राजपुर डमार पानिटंकी कुडिया पुल डुमरीया लतमरी बोर्डर (मठिया बजार-लतमरी बोर्डर), कालोपत्रे मौलापुरको सिमानामा पर्ने बौधिमाई मन्दिरदेखि ईनर्वा मटिर्वा हुदै इनरवारी जिउताही ब्रहमबाबाको मन्दिरसम्म कालो पत्रे, हर्षाहा- बक्तौरा- रंगपुर बलुवा कनकपुर लक्ष्मीपुर- बेदौली हर्षाहा रिंगरोड (हर्षाहा-बक्तौरा), कटहरिया बडेर्वा जंगलसहिया सिमरी धनसर सडक, वृन्दावन विश्रामपुर रजैया सडकदेखि मुहुअवा, नरकटिया हुँदै हर्दिया स्कुलसम्म सडक र मलाही टोल बजारदेखि पर्साटोल मदनपुर हुँदै बागमती बाँधसम्म रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0