
जेठ २० गते अरमान कुमार उपाध्याय रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिकामा आज एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष शम्भु सिंहको पहल र समन्वयमा सरस्वती माध्यमिक विद्यालय, पिपरा भलोहियामा आयोजित यस शिविरमा सयौं नागरिकहरूले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
नेत्र ज्योति संघ, गौर आँखा अस्पताल, पुरेनवाको आयोजनामा सम्पन्न उक्त शिविरमा विभिन्न वडाबाट आएका नागरिकहरूको शिविरमा कुल ४२८ जनाको आँखा परीक्षण गरिएको थियो। त्यसैगरी १४२ जनालाई औषधि वितरण, १३८ जनालाई चस्मा वितरण गरिएको छ भने ६३ जना बिरामीहरूलाई मोतियाबिन्दु लगायत जटिल समस्या देखिएपछि शल्यक्रियाका लागि रेफर गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
























