जेठ २० गते  अरमान कुमार उपाध्याय

रौतहट जिल्ला को नरकटिया  नाकाबाट  खटिने जनपत प्रहरी ले  लाइन दिएपछि  भारतीय सीमानाकामा चोरी तस्करी बढेको छ। भारतीय बजारसँग सिमाना जोडिएको रौतहटमा सङ्गठित तथा पोके तस्करहरूले व्यापक रूपमा तस्करी गरिरहेका हुन्। पछिल्लो समय रौतहटको कोपवा ,पिपारिया  ,नरकटियाबाट व्यापक मात्रामा तस्करी फस्टाएको हो।

रौतहटको सीमाक्षेत्रमा साना पोके तस्करदेखि ठूला सङ्गठित तस्करहरूको सक्रियता बढेको देखिएको छ। जिल्लाको पश्चिमी भेगमा रहेको कोपवा बजार स्थितका  खटिने  नेपाल प्रहरीका गस्ती टोली युनिटले तस्करहरूबाट मासिक ठुलो रकम लिएर अवैध कारोबार सञ्चालनमा लिआउने कोपवाको  वडा  अध्यक्ष लक्ष्मी नारायण यादव ले  जानकारी गराईए को हो ।

आउने बित्तिकै तस्करहरूसँग साटघाट गरी राति राति र बिहान सेटिंगमा सङ्गठित रूपमा तस्करी भइरहेको स्थानीयहरू बताउँछन्। अत्यधिक मात्रामा तस्करी बढेको भए पनि सुरक्षाकर्मीहरू सर्वसाधारणलाई निकै टाइट गरेको देखाएर तस्करहरूलाई रामराज्य बनाएका छन्। भारतको बिहार राज्य सरकारले मदिरामा प्रतिबन्ध लगाएपछि तस्करहरूले नाकाबाट प्रत्येक दिन हजारौँ कार्टुन मदिरा भारत पठाइरहेका छन्।

सुरक्षा निकायका प्रमुखहरू भने खुला सीमाका कारण समस्या आएको र तस्करीको लाइनका बारेमा कुनै जानकारी नभएको बताउँछन्। रौतहट जिल्लाको पश्चिमी भेग पर्ने प्रमुख नाकाको रूपमा नरकटिया नाका हुँदै कपडा, कस्मेटिक, चिनी, स्पेयरपार्ट, कुखुराका चल्ला, लहसुन, हुन्डी कारोबारी, आलु, प्याज भित्र गाँजा लगायत अन्य समानहरू बापत कोपवा ईलाका प्रहरी कार्यलय को वरिष्ठ सई  कुमार सेढाइ ले  तस्करहरूबाट मोटो रकम ५० हजारदेखि १ लाख रुपैयाँ भारतीय तस्कर पुर्नहिया कोठीका संन्दिप यादव  नेपालका  दर्जनौं तस्कर लगायतका तस्करहरु बाट बंकुल,कोपवा  मौलापुर, कटहरिया, विजयपुर, शिवनगर, गरुडा, चपुर लगायत जिल्लाका विभिन्न बजारसम पुर्याईने स्थानीयहरूको भनाई रहेको छ।

सीमावर्ती क्षेत्रबाट व्यापक तस्करी भएको कारण नै यहाँका भन्सारले लक्ष्य अनुरूपको राजश्व सङ्कलन गर्न सकिरहेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0