रौतहट  २२  गते जेठ
देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेम लाल साहको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई उपचारको लागि बिरगञ्ज स्थित नेशनल टिचिङ अस्पतालमा भर्ना गरिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको सल्लाहअनुसार आज उनको सर्जरी (अपरेसन) गरिएको हो।

नगर प्रमुख साह केही दिनदेखि अस्वस्थ रहेको बताइएको थियो। प्रारम्भिक परीक्षणपछि थप उपचार आवश्यक देखिएपछि उनलाई बिरगञ्ज लैजाने निर्णय गरिएको थियो।

परिवारका अनुसार अपरेसन सफल भएको छ र हाल उनको अवस्था स्थिर रहेको छ। चिकित्सकको निगरानीमा उपचार भइरहेको छ।भगवान संग मेरो प्राथना छ,छिटोभन्दा छिटो वहा को  स्वास्थय समस्या   सफल होस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0