
जेठ २० गते अरमान कुमार उपाध्याय रौतहट — बौधिमाई नगरपालिकामा पछिल्ला केही दिनदेखि काठमाडौंका मेयर बालेन शाह र ‘बुलडोजर बाबा’ को शैलीमा शहरी अनुशासन लागू गरिँदै आएको छ। सोमबारको दिन त्यही अभियान अन्तर्गत विशेष चर्चामा रह्यो, जब नगर प्रमुख स्वयंले आफ्नै भाइको अतिक्रमित घरमा डोजर चलाउन निर्देशन दिए।
नगर प्रमुख प्रदिप कुमार यादवको प्रत्यक्ष निगरानीमा सार्वजनिक जग्गा अतिक्रमण विरुद्धको अभियान वडा अध्यक्ष लक्ष्मी नारायण यादव को रोहवरमा कोपवा ५ स्थित उनका भाइ प्रेमलाल यादवको घर डोजर लगाएर देवाल भत्काइयो। त्यस पछि सुरु गरे , जनतामाझ निष्पक्षताको सन्देश दिन, प्रमुख यादवले आफू नजिकका व्यक्तिहरूलाई समेत उन्मुक्ति नदिने निर्णय गर्दै कारवाहीको थालनी आफ्नै घरबाट गरेका हुन्।केहि पत्रकार साथीहरू ले नगर प्रमुख संग सोधपुछ न गरिकन आफ्नै मनले हावा को तालमा समाचार सम्प्रेशन गरेको हो, नगर प्रमुख यादव ले २ कठा जमीन हडपेके हो,त्यो सत्य होईन, नगर प्रमुख यादव जी ले केहि गल्त सोच राख्दैन,किन कि वहालाई कानुन बारेमा सबै जानकारी अनुभव र वहाले वकाल त आफै गर्ने गर्द्छ्न।नगर प्रमुख यादव ले हामीलाई भन्नु भो ,कि जुनसुकै ब्याक्ती ले प्रमानित गरेर देखाउछ वहालाई २ लाख रुपैया ले आफ्नो प्रिय् हित मानी समानित गर्छु ,भनी बताउनु भो।
नगरपालिकाले यसअघि नै जनही जानकारी गराउँदै अवैध रूपमा सरकारी जमिन अतिक्रमण गरिएका संरचनाहरू हटाइने चेतावनी जारी गरेको थियो। उक्त निर्णय कार्यान्वयन गर्न सोमबारको दिन नगर डोजर सहित टोली परिचालन गरिएको थियो।
नगर प्रमुख यादवले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, “सार्वजनिक जग्गा जनताको हो, कसैले पनि मिच्न पाउँदैन। कानून सबैका लागि बराबर हो—चाहे त्यो मेरो आफन्त किन नहोस्।”
स्थानीयहरूबीच नगरपालिकाको यो कदमको व्यापक समर्थन भएको देखिन्छ। यद्यपि केहीले भने डोजर अभियानको पारदर्शिता र वैकल्पिक व्यवस्थाको मागसमेत गरेका छन्।
यस्तो कडाइपूर्ण कार्यले नगरमा शहरी अनुशासन कायम राख्न सकारात्मक सन्देश दिएको जनाइएको छ।
























