दिपेश कुमार शाह ,                                                           जेठ २६ गते

रौतहट जिल्लाको कटहरिया नगरपालिका–५ स्थित जनता माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन गरिएको छ। विद्यालयको विकास र सुशासन कायम गर्ने उद्देश्यले गठित समितिको अध्यक्षमा सानू कुमार यादव चयन भएका छन्।

समितिको सदस्यमा ललित कुमार सोनी, लाजमती दास र मिना देवी यादव रहेका छन्। नवगठित व्यवस्थापन समितिका अध्यक्षसहित सदस्यहरूले एक विशेष समारोहका बीच पदभार ग्रहण गरेका छन्।

उक्त कार्यक्रममा कटहरिया नगरपालिकाका नगरप्रमुख अजय प्रकाश जयसवाल, वडा नं. ५ का जनप्रतिनिधिहरू, वडामा सक्रिय सबै राजनीतिक दलका प्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापक सचिन्द्र प्रसाद यादव, अभिभावक, स्थानीय अगुवा तथा विद्यालयका शिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले नवगठित समितिलाई सफल कार्यकालको शुभकामना दिँदै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा समितिको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

विद्यालय व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष सानू कुमार यादवले पारदर्शिता, समावेशिता र विद्यालयको समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0