सर्लाही डेस्क                                                                  जेठ ३१ गते

नेपाली कांग्रेस मधेश प्रदेशका उप सभापति एवम पूर्व मन्त्री प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहको विशेष पहलमा आज एक कार्यक्रमका बिच गृह जिल्ला सर्लाहीको धनकौल गाउँपालिका वडा नं ३ हरकठवामा नेकपा माओवादी केन्द्रका  नेता रामएकवाल राय यादवको नेतृत्वमा २५ जना समानित व्यक्तित्वहरू पार्टी परित्याग गरी लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका हुन। नव प्रवेशिकालाई पूर्व मन्त्री मा वीरेन्द्र प्रसाद सिंहले माला खाँदा टिका लगाएर पार्टीमा प्रवेश गराएका थिए। मधेश प्रदेशमा अहिले नेपाली कांग्रेस सर्लाहीमा निकै बलियो पार्टी रहेको छ। नेपाली कांग्रेस सर्लाहीमा १२ स्थानीय तहमा निर्वाचित भएका छन । आउने निर्वाचन अझै बढी स्थानिय तह विधान सभा, प्रतिनिधि सभामा काग्रेसले जित्ने गरी बलियो बन्दै गएको छ। मा. वीरेन्द्र प्रसाद सिंहले विकास निर्माण देखि जनताको दुःख सुखमा दिन रात जनताको माझमा काम गर्दै आएको छ।विगत केही दिनदेखि लगातार नेपाली कांग्रेस पार्टीमा प्रवेशको लहर चलेको पूर्व मन्त्री मा वीरेन्द्र प्रसाद सिंहको स्वकीय सचिव निकेश त्रिपाठीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0