अरमान कुमार उपाध्याय                                                जेठ ३१ गते
बौधिमाई नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता: पूर्ण खोप सुनिश्चितता—हाम्रो प्रतिवद्धता” भन्ने नाराका साथ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सभा सम्पन्न भएको छ ।

सरमुज्वा वाड न.८ को स्वास्थ्य चौकी को सभाहलमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष बिन्देश्वर राय यादव जीको अध्यक्षता रहेको थियो , प्रमुख अतिथि स्वास्थ्य कर्मी ईन्चार्ज रामसंकर दास,बिशिस्ट अतिथि जवाहरलाल मुखिया, सुनिल जयसाल,राकेश यादव ,आशा कुमारी बैठा, स्वास्थय ब्यवास्थापन समिति मध्ये रामसेवख गोसाई,कुमारी सबिता,चन्दा देबी पैस्वान ,रंन्धिर प्रसाद कुशवाहा,सोनालाल यादव ,त्रिभुवन यादव ,लगायत दिपेन्द्र बैठा,बुधिजिबी,भरभलादमी, को उपस्थिति रहनु भएको थियो ।

पुर्ण खोप कार्यक्रम मा प्रशिक्षण ( तालिम ) गराउने सर हाम्रो बौधिमाई नपाको स्वास्थ्य शाखा को सह संयोजक राकेश यादव जी रहेका थिए ।नेपाल सरकार ले रास्ट्रिय खोप तालिका अनुसार सबै बालबालिकाहरुले पुर्ण खोप प्राप्त गरि रोगहरु बाट सुरक्षित हुन सक्ने,स्वास्थ्य सर्बेक्षण ( NDHS)२०११ अनुसार १० प्रतिशत बालबालिकाहरुले पुर्ण खोप नगरेका ( NDHS)२०१६ अनुसार २१ प्रतिशत ,बालबालिका ले पुर्ण खोप प्रथम नगरेका ( DRopOut) र २०११ को तुलनामा पुर्ण खोपको अवस्था ३ प्रतिशत बाट घटेर १ प्रतिशत मा रहेका देखीएको थियोे ।

स्वास्थ्य क्षेत्रसँग सम्बन्धित यो महत्त्वपूर्ण घोषणालाई प्रभावकारी बनाउन स्थानीय स्रोतको उपयोग, समुदायको सहभागिता र स्थानीय नेतृत्वको स्वामित्वलाई विशेष प्राथमिकता दिइएको जनाइएको छ ।

खोप सुनिश्चितताको दिगोपना र सर्वसुलभ पहुँच सुनिश्चित गर्न स्थानीय तहको यो कदमलाई सहभागीहरूले अत्यन्त सकारात्मक रुपमा लिएका छन् ।

पूर्ण खोप सुनिश्चितता केवल स्वास्थ्यको सवाल मात्र नभई दिगो विकासतर्फको हाम्रो ठोस पाइला हो,” भन्नु भयो ।

कार्यक्रमले बौधिमाई न.पा वाड न.८ लाई खोप सुनिश्चिततामा उदाहरणीय बनाउने दिशामा थप ऊर्जा प्रदान गरेको छ साथै नगर पालिका भित्र का पूर्णखोप सुनिश्चितता तथा दिगोपना हासिल गर्न लाई सम्पुर्णमा आग्रह गरेका छन् ।धेरै धेरै बधाई तथा शुभकामना!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0