राजेश निर्माणी
३० जेष्ठ,रौतहट। वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले वडा नम्बर १ बलेरी खोरमा जाने बाटोमा चाँदी पुल देखि बलेरीसम्म भइरहेको सडकमा कालोपत्रको अनुगमन गरेका छन्।

शुक्रबार नगर प्रमुख कुर्मीको नेतृत्वमा अनुगमन भएको हो । अनुगमनको क्रममा प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेल र नगरपालिकाका ईन्जिनियर कमलेश कुश्वाहाको साथै अन्य जनप्रतिनिधिहरुले समेत अनुगमन गरेका हुन्।

प्राविधिक प्रतिवेदन मागअनुगमन क्रममा बाहिरी आँखाले देखिएका त्रुटि सुधार गर्न निर्देशन दिँदै नगर प्रमुख कुर्मीले,स्टिमेट अनुसारको गुणस्तरीय काम गर्न निर्माण कम्पनीलाई निर्देशन समेत दिएका हुन्।

उनले इन्जिनियरहरूसँग कुरा गर्दै,अनुगमन क्रममा सडक कालोपत्र गर्न प्रयोग गरिएको बिटुमिनको मात्रा तथा गुणस्तर, कालोपत्रको मोटाइ, कम्प्याक्सन खँदिलोपना, निर्माण सामग्री मिश्रण र अन्य संरचनासँगको सञ्जाल हेर्दै,विकास निर्माणको क्रममा गुणस्तरीयतामा कमि कम्जोरी देखिएमा आफू कडा रुपले प्रस्तुत हुने बताए।

सडक कालोपत्रेबाट वृन्दावन नगरपालिका वडा नं. १ र २ का जनता प्रत्यक्ष लाभ उठाउने भएका छन् भने स्थानीय अत्यन्तै हर्षित भएको देखिएको छ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0