रणधिर साह                                                                असार ३ गते

रौतहटको कटहरिया नगरपालिकाले ११ औं नगर सभाको खुल्ला सत्र सम्पन्न भएको छ । कटहरिया नगरपालिकाले ११ औं नगर सभाबाट नेपाल सरकारको संघीय बजेटबाट समानीकरण अनुदान, सशर्त अनुदान चालु, पूँजिगत, राजस्व बाँडफँड, संघीय सरकार समपुरक, वित्तिय समानिकरण (प्रदेश सरकार), विशेष अनुदान (प्रदेश सरकार), आन्तरिक राजस्व गरि जम्मा ५४ करोड २५ लाख ५२ हजार रुपैयाको बजेट सार्वजनिक  गरेको  हो।
कटहरिया नगरपालिकाको प्राङ्गमा मंगलबार सम्पन्न ११ औं नगर सभामा नगर प्रमुख अजय प्रकाश जयसवालले प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, यातायात, खानेपानी तथा सरसफाइ, विद्युत, भौतिक पूर्वाधार निर्माण कार्य, पर्यटन तथा संस्कृति लगायतका क्षेत्रलाई पनि प्राथमिकतामा राखेको बताए ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख जयसवालले कृषिको विकासका लागि पालिकाभित्र कृषियोग्य भूमिमा नियमित सिँचाइ गर्न नगर क्षेत्रभित्र रहेका खोला, सिमसार लगायत क्षेत्रमा पानीको मुहान संरक्षण, भूमिगत जलभण्डार स्थिर राख्नुका साथै पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जना गरी नगरवासीको आर्थिकस्तर उकास्ने गरी बजेट ल्याइएको बताए । नगरप्रमुख जयसवालले नगर सभामा उत्पादनको आधारमा विभिन्न वडालाई बाली विशेषको पकेट क्षेत्र पहिचान तथा विस्तार गरिने उल्लेख गरे । जमिनलाई कृषि उत्पादन कार्यमा उपयोग गर्न तथा करार खेतीलाई प्रोत्साहन गर्न भूमिको अवधारणा कार्यान्वयन गरिने नगरप्रमुख जयसवालले बताए ।
पर्यटन तथा संस्कृति प्रवर्द्धनका लागि कला, साहित्य, संस्कृतिको संरक्षणका साथै अध्ययन अनुसन्धानमा जोड दिइने भएको छ । पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न डिजिटल प्रविधिको प्रयोगमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
बेरोजगार युवा, वैदेशिक रोजगारीबाट फर्किएका, गरिबीको परिचयपत्र प्राप्त परिवार तथा मुक्त कमलरी, शारीरिकरूपमा अशक्त, एकल महिला परिवारलाई लक्षित गरी कृषि तथा गैरकृषिसम्बन्धी आयमूलक सीप सिकाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

कार्यालयका प्रशासकिय प्रमुख बिरबहादुर साह लहेराले बजेट प्रस्तुत गर्दे निति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, खेलकुद, भौतिकपूर्वधार, कृषी, पशुपक्षी, खानेपानी तथा सरसफाई, उधोग, वाणिज्य तथा वित्तिय लगाएका क्षेत्रलाई विशेष प्रथमिकता दिईएको तथा नगरपालिकालाई वातावरणमैत्री बनाउनका लागि धुँवारहित घोषणा गर्ने, नगर क्षेत्रको विकास तथा स्थानीयस्तरमा रोजगारी सिर्जनाका लागि लघु, घरेलु तथा साना उद्योग, कृषि र पशुपालनमा जोड दिइएको बताए ।
सो कार्यक्रममा लेखा शाखा प्रमुख कामेशवर सहनी वडा अध्यक्षहरु, वडा सदस्यहरु, कार्यपालिका सदस्यहरु, विभिन्न शाखाका प्रमुखहरु, कर्मचारीहरु, स्थानीय तथा सञ्चारकर्मीहरु ,शिक्षक ,भरभलादमी,बुधिजिबी ,जनपत प्रहरी,सश्त्र प्रहरी को उपस्थिति मा यो कार्यक्रम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0