रणधिर साह
असार  १  गते                                                        रौतहटको जिल्लाको राजपुर नगरपालिकाका ९ औ नगर सभा तथा पहिलो कार्यकालको पहिलो नगरसभा आईतवार सभ्य एवं भब्य रुपमा सम्पन भएको छ । राजपुर नगर स्वच्छ सफा र समृद्ध शहर ” भन्ने मुल नाराका साथ नगर कार्यपालिकाको सभा हलमा नगर प्रमुख श्री डा. मो. राजिक आलमको अध्यक्षतामा ९ औ नगर सभा सम्पन्न भएको हो ।
राष्ट्रिय गानबाट सुरू भएको कार्यक्रममा ज्ञातअज्ञात शहिदहरूकाे समझनामा एक मिनेट माैन धारण गरिएको थियाे । नगर सभाका सभा अध्यक्ष तथा राजपुर नगरपालिकाका नगर प्रमुख श्री डा. मो. राजिक आलमले राजपुर नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको बिबरण प्रस्तुत गरिएको थियो । प्रस्तुत संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको योजना पारित गरिएको छ् ।
उक्त कार्यक्रममा नगरकाे चौतर्फि विकासकाे लागि आर्थिक वर्ष २०८२/८३ का लागि जम्मा ५७ करोड रकम नगर प्रमुख आलमले विनियोजन गरेका हुन् । खानेपानी सरसफाई वातावरण तथा विप्द व्यवस्थापन , शहरी आवास तथा भौतिक पूर्वधार विकास , शिक्षा स्वास्थ्य तथा खेलकुद , सामाजिक सुरक्षा तथा सामाजिक विकास , पर्यटकीय पूर्वाधार, कृषि पशु ,वन र यातायात तथा संचार लाई विशेष प्राथमिकतामा राखी उक्त बजेट प्रस्तुत गरेका छन् ।
सो कार्यक्रममा पुँजीगत तर्फ २४ करोड ४ ७ लाख , चालु तर्फ ३३ करोड़ बिभिन्न शिर्षकहरु बनाई योजना निमार्ण गरिएको छ । नगरको क्षेत्र भित्र शुद्ध , स्वच्छ तथा सफा खानेपानीको लागि व्यवस्था मिलाउने नगर प्रमुख आलमले विशेष जोड दिनु पर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0