
अरमान कुमार उपाध्याय असार ६ गते
रौतहट जिल्लाको बौधिमाई नगरपालिकाले आफ्नो १० औ नगर सभा अधिवेशन सम्पन्न गरेको छ । जिल्लाको पक्षमी भेगमा पर्ने बौधिमाइ नगरपालिकाले आज शुक्रबार सभ्य तथा भव्य रुपमा १० औ नगर सभा अधिवेशन सम्पन्न गरेको छ । नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार यादवले अध्यक्षता गरेको १० औ नगर सभा अधिवेशनमा प्रमुख अतिथिका रुपमा रौतहट क्षेत्र नम्बर २ (ख) का समानुपातिक प्रदेश सभा सदस्य जयचन्द पटेल उपस्थित भएका थिए । कार्यक्रममा १० औ नगर सभा अधिवेशनका विशिष्ट अतिथी तथा नगरपालिकाका नगर उप प्रमुख प्रमिला जैसवालले अगामी आर्थिक वर्ष ८२/८३ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै नगरपालिकाले कृषि , स्वास्थय तथा शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताईन । उप प्रमुख जैसवालले प्रस्तुत गरे अनुसार पालिकामा कृषि क्षेत्रको आधुनिकिकरण गर्दै आत्मनिर्भर बनाउने , नगरपालिकाको भुवाली चौक , इनरवारी , बंकुल र सरमुजवा बजारमा स्थापना भएको कृषि सेवा केन्द्रका सेवा प्रवाहलाई चुस्तदुरुस्त रुपमा अगाडि बढाउने , ५ वटा भन्दा बढी गाई , भैंसी पशुपालक किसानलाई अनुदानको व्यवस्था गर्ने कुरा उल्लेख गरिएको छ । त्यस्तै शिक्षा क्षेत्रमा गुणात्मक सुधार गर्न पालिका भित्रका विद्यालयहरूको भौतिक संचरनामा सुधार गर्ने , पालिका स्तरिय इ -लाईब्रेरी स्थापना गर्ने , एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप उचित पुरस्कार प्रदान गर्ने , नगर प्रमुखसंग बालबालिकाको अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने तथा साक्षर पालिका घोषणाका लागि आवश्यक कृयाकलाप गर्ने व्यावस्था गरिएको छ । आज प्रस्तुत गरीएको नीति कार्यक्रम तथा बजेटमा पालिका भित्रका खेलाडीहरुलाई मध्य नजर गर्दै गुजरामाई मैदानमा क्रीकेट स्टेडियमको कार्य सुरु गरीने , पालिका भित्र छोरी जन्मिने वितिकै ५ सय का दरले १२ महिना जम्म हुने ६ हजारलाई २० वर्षका लागि मुद्द्ती खाता खोली विमा संग जोडिने कार्य गर्ने , २०८२ सालमा बालमैत्री तथा बालश्रम मुक्त नगरपालिका घोषणा गर्न आवश्यक सुचकहरुलाई पुरा गर्ने लगायतको कार्यलाई समावेश गरिएको उप प्रमुख प्रमिला जैसवालले प्रस्तुत गरीन । पालिका भित्रका किसानहरुलाई प्रोत्साहन गर्न सिचाईका लागि आवश्यक बोरिङ्ग , मोटर लगायतका समाग्री किसानलाई सहुलियत अनुदानमा उपलब्ध गराइने व्यवस्था गरिएको छ । विपद व्यवस्थापनलाई मध्य नजर गर्दै आकस्मिक विपद व्यवस्थापन कोषको व्यवस्था गर्नको साथै लाल बकैया खोलाको इनरवामा तटबन्ध निर्माण गर्न आवश्यक पहल गर्न उल्लेख गरिएको छ । १० औ नगर सभा अधिवेशनको खुल्ला सत्रमा उप प्रमुख जैसवालले नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने क्रममा जम्मा ४३ करोड ९० लाख ७६ हजार ९ सय ९ रुपैया कुल बजेट प्रस्तुत गरिएको छ ।आज १०औ नगर सभा अधिवेशन सत्रमा यही नगरपालिका का प्रमुख प्रशासकिय उदय संकर चौधरी जनमत पार्टी का केन्द्रिय कार्यकरनी सद्स्य,dr.subant kumar,, नेकपा एस पार्टी को जिल्ला ईनचार्ज कमल यादव ,बिधालय ब्यवास्थापन अध्यक्ष रमेष प्रसाद जयसवाल,शिक्षा संयोजक रमेष यादव ,लेखा प्रमुख ,अरबिन्द यादव ,योजना शाखा प्रमुख ,कृषि प्रमुख,पंजिकर्न शाख!प्रमुख,बिकी प्रसाद,पुर्व निमित्त प्रमुख ,प्रमोद यादव ,रामेशवर यादव ,वडा अध्यक्ष मुक्ति नारायण मिश्रा,बिन्देवर यादव ,नरेन्द्र सिन्हा,लक्ष्मी नारायण ,तुरन्त नारायण यादव ,धर्मेन्द्र प्रसाद,पटेल,रामजोधी राउत ,कार्यपालिका सद्स्य,सुनिल जयस्वाल,आशा कुमारी बैठा,स्वास्थ्य शाखा प्रमुख ,ताकेशवर पटेल,राकेश यादव ,शिक्षक ,शिक्षिका,रास्ट्र क्रमचारी,भरभलादमी ,बुधी जिबी,पत्रकार,जनपत प्रहरी ,शस्त्र प्रहरी बल ,लगायत विभिन्न पार्टी का नेताकार्यकर्ता को उपस्थिति मा सभ्य र भब्यता को साथमा सम्पन्न ।
























