बारा उप्दैत                                                                  असार ८ गते

८ बारा, जितपुर – सशस्त्र प्रहरी बल, नेपाल बाराको सुरक्षा बेस जितपुरका डिएसपी प्रकाश चन्द्र भट्टको नेतृत्वमा तस्करी नियन्त्रण अभियानले नयाँ गति लिएको छ। डिएसपी भट्टको कमाण्डमा खटिएको ७ जना गाडी मोबाईल टोलीले लाखौं रुपैयाँ बराबरको अवैध सामान बरामद गर्न सफल भएको छ।

जितपुरसिमरा उपमहानगरपालिका–१ कलैया हुँदै काठमाडौंतर्फ जाँदै गरेको सुमो गाडीबाट चेकजाँचको क्रममा सशस्त्र प्रहरीले रु. ७ लाख ४४ हजार २२५ बराबरको अवैध सामग्री बरामद गरेको हो। बरामद गरिएका सामाग्री ११४ थान एयरबड्स (मूल्य रु. ५,७०,०००), ३ कार्टुन ह्यापिडेन्ट, ८० प्याकेट खजुर, ५० किलो मिल्क पाउडर, १४० प्याकेट कफी, ९६ प्याकेट एरियल सर्फ र ९ बोरा चिनी रहेका छन्।

सशस्त्र प्रहरी बेस जितपुरले उक्त सबै सामग्रीहरू आवश्यक कानुनी प्रक्रिया भैइरहेको जनाएका छन् ।

डिएसपी भट्टले हालसम्मको ६ महिनाको कार्यकालमा करिब १ करोड रुपैयाँभन्दा बढी मूल्यका अवैध सामग्री नियन्त्रणमा लिँदै तस्करी नियन्त्रणमा उदाहरणीय भूमिका निर्वाह गरेका छन्।तस्करी नियन्त्रणमा उनको सक्रियता, योजना, नेतृत्वदक्षता र निरन्तरता सशस्त्र प्रहरी बलभित्र प्रशंसनीय मानिएको छ। सीमावर्ती क्षेत्रमा तस्करी गतिविधि बढिरहेका बेला उनले देखाएको सतर्कता र जिम्मेवारीबोधले संगठनलाई थप सशक्त बनाएको भन्दै उच्च अधिकारीहरूले पनि प्रशंसा व्यक्त गरेका छन्।

सशस्त्र प्रहरी बलको नियमित सरुवा–बढुवा प्रक्रियाअनुसार डिएसपी भट्टको सरुवा भएको जनाइएको छ।
नेपाल भारतमा रहेको खुलामा सीमा क्षेत्रमा तस्करी गतिविधि बढ्दो रहेकाले यसलाई न्यून पार्न सशस्त्र प्रहरी बलका डिआईजी ढकालको नेतृत्वमा खटिएका सुरक्षाकर्मीहरूले गहिरो समर्पणसाथ कार्य गरिरहेका छन्। यस अभियानमार्फत न केवल तस्करी न्यूनीकरण भइरहेको छ, तर राज्यको राजस्व वृद्धि र सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्ने दिशामा पनि महत्वपूर्ण योगदान पुगिरहेको छ।

सशस्त्र प्रहरी बलले आगामी दिनहरूमा पनि तस्करी नियन्त्रणलाई थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0